३० आश्विन २०८३, शुक्रबार | October 17, 2026

नेपाल एसियन कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्न नपर्ने



काठमाडौं । सन् २०२३ मा चीनमा आयोजना हुने एसियन कप प्रतियोगिताको लागि नेपालले सिधै तेस्रो चरणमा स्थान पक्का गरेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले छनोट प्रक्रिया परिमार्जन गरेसँगै नेपालले ‘प्लेअफ’ खेल नखेलि सोझै तेस्रो चरणको खेल खेल्न पाउने भएको छ । एसियन कप आयोजना गर्ने राष्ट्र ‘चीन’ तथा विश्वकप २०२२ आयोजना गर्ने साविक एसियन कप विजेता ‘कतार’ले स्वतह एसियन कप छनोटमा स्थान बनाउँदा विश्वकप छनोटको दोस्रो चरणको समूह खेलमा चौथो स्थानमा रहन सफल टोलीले पनि ‘प्लेअफ’ खेल्नु नपर्ने भएको ‘एएफसी’ले जनाएको छ ।

त्यस्तै दोस्रो चरणको विश्वकप छनोटमा पाँचौं स्थान हासिल गर्ने शीर्ष तीन टोलीलाई पनि ‘एएफसी’ले एसियन कपमा सिधै तेस्रो चरणमा स्थान दिएको छ । अब पाँचौं स्थानमा रहेका पनि चार पुछारका टोलीले मात्र ‘प्लेअफ’ खेल खेल्ने छन् ।

‘प्लेअफ’ खेल्ने राष्ट्रमा चाइनिज ताइपेइ, इन्डोनेसिया, कम्बोडिया र गुवाम परेका छन् । यस अघि ‘एएफसी’को समीक्षा अनुसार दोस्रो चरणको विश्वकप छनोटमा चौथो स्थान प्राप्त गर्ने टोलीले पनि ‘प्लेअफ’ खेल्नु पर्ने नियम थियो । त्यसो हुँदा एसियन कप २०२३ को लागि नेपालको ‘प्लेअफ’को झिनो आशा मात्र बाँकी रहेको थियो ।

एसियन कप २०२३ चीनमा जुन १६ देखि जुलाई १६ सम्म आयोजना हुने कार्यक्रम रहेको छ । त्यस्तै ‘प्लेअफ’का खेलहरु आगामी सेप्टेम्बर ७ र अक्टोबर १२ मा दुई लेगको खेलमा सम्पन्न हुनेछन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ३ : २९ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी