१७ माघ २०८२, शनिबार | February 1, 2026

‘किन्निहो डटकम’ इकमर्श वेवसाइट सुभारम्भ, सबै सामान एकै ठाउँमा उपलब्ध हुने



काठमाडौ । दैनिक रुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वाशिलो माध्यमबाट एकै ठाउबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इकमर्श वेवसाइट किन्निहो डटकम (kinniho.com) सुरुभएको छ ।

कोरोना महामारीबीच बढ्दै गएको इ–कमर्श व्यवसायमा सबै किसिमका ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि नयाँ इकमर्श वेवसाइट सुरुगरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो वेवसाइटमा सबै प्रकारका ल्यापटप, मोबाइललगायतका इलेक्ट्रोनिक्स, स्टेशनरी र अफिस सप्लाई, सौन्दर्य, खेल तथा मनोरंजनसम्बन्धी सामग्रीहरु उपलब्ध गराएको छ भने आफ्नै मार्ट पनि सुचारु गरेको छ ।

कीन्निहोले ग्राहक सेवालाई मध्यनजर गर्दै सबै किसिमका सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै सुचारु भएको एक महिनासम्म फ्री डेलिभरी सेवा पनि प्रदान गर्ने कम्पनीका सिईओ नरेश पोखरेलले बताए । उनले नयाँ वेवसाइटमा सबै किसिमका पेमेन्ट गेटवेहरुबाट अनलाईन पेमेन्ट गर्न सकिने र विदेशमा समेत डेलिभरी दिइने बताए ।

कम्पनीले विगत एक दशकदेखि न्यू मुक्तिनाथ ट्रेडर्स एण्ड सप्लायर्सको नामबाट थोक तथा खुद्रा ब्यवसायको रुपमा कागज तथा पब्लिकेशनका लागि चाहिने सम्पूर्ण सामान विक्रि वितरण गर्नुका साथै घरायसी सामान, किचनवेयर, ईलोक्ट्रोनिक सामान तथा अन्य वस्तु तथा सेवा उपलब्ध गराउदै आएको थियो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ४ : ०४ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले