१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

पत्रकार पक्राउको विरोधमा माइतीघरमा महासंघको प्रदर्शन, प्रेस स्वतन्त्रताको ग्यारेन्टी माग



काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

शुक्रबार विभिन्न सञ्चारमाध्यमका कार्यालय तथा समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाविरुद्ध महासंघको नेतृत्वमा शनिबार बिहान विरोध प्रदर्शन गरिएको हो।

वर्षाका बीच माइतीघरमा भेला भएका पत्रकार तथा सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रताको ग्यारेन्टी र लोकतन्त्रको पुनर्बहालीको माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले ‘प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर’, ‘लोकतन्त्र पुनर्बहाली गर’ लगायतका नारा लेखिएका प्लेकार्डसमेत बोकेका थिए।

पत्रकारमाथि भएको धरपकड र सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनालाई लिएर महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको निर्बाध रूपमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेको छ।

शुक्रबार साँझ सादा पोसाकमा आएका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएका थिए।

त्यस्तै, पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी नयाँ पत्रिकाको कार्यालयमै पुगेको थियो। मैनाली नभेटिएपछि प्रहरीले नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तसँग करिब अढाई घण्टा छलफल तथा सोधपुछ गरेको थियो।

पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनाको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले भने यसमा प्रधानमन्त्रीको कार्यालय तथा सचिवालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेको थियो।

घटनाको चौतर्फी विरोधपछि प्रहरीले नियन्त्रणमा लिएका सबै पत्रकारलाई शुक्रबार राति रिहा गरेको थियो।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  १२ : ०५ बजे

नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड

पत्रकार पक्राउको विरोधमा माइतीघरमा महासंघको प्रदर्शन, प्रेस स्वतन्त्रताको ग्यारेन्टी माग

काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको

डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार, पाँच जबर्जस्ती करणी मुद्दाका

सुर्खेत । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठजना

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

हेटौँडा । लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय