१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

इजरायलद्वारा गाजा क्षेत्रमा फेरि बमबारी



जेरुसेलम । इजरायली बायुसेनाले बुधबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा धेरैवटा हवाई आक्रमण गरेको छ ।

गत महिना गाजापट्टीमा सक्रिय हमास समूहसँग युद्धबिराम गरेपछि पहिलो पटक इजरायली सेनाले आक्रमण गरेको हो ।

इजरायली सेनाले हमास लडाकू समूहका ठेगानाहरुलाई लक्षित गरिएको जनाएको छ । हमास लडाकूहरुले इजरायली भूमिमा आक्रमण गर्ने योजना बनाइरहेको सूचनाका आधारमा हवाई हमला गरिएको पनि सेनाको भनाई छ ।
इजरायली आक्रमणबाट कुनै जनधनको क्षतिका बारेमा विवरण प्राप्त भइसकेको छैन ।

मङ्गलबार सयौं इजरायली अतिराष्ट्रवादीहरुले पूर्वी जेरुसेलममा अरब र प्यालेस्टिनी विरुद्ध चर्का नाराबाजी सहित प्रदर्शन गरेका थिए । यस प्रदर्शनले पुनः हिंसात्मक शृङ्खला शुरु हुने खतरा निम्त्याएको छ ।

प्रतिक्रिया स्वरुप, गाजास्थित प्यालेस्टिनीहरुले इजरायलको दक्षिणी भेगमा बिस्फोटक पदार्थ भरिएका बेलुनहरु गाजाबाट उडाएका थिए । यी बेलुन बिस्फोटबाट करिब दश ठाउँमा आगो लागेको इजरायली सेनाको भनाई छ ।

यहूदी समुदायको जुलुस प्रदर्शनले झिनो बहुमत सहित बनेको सरकारका साथै ११ दिनसम्म चलेको इजरायल र हमासबीचको युद्ध रोक्ने गरी भएको युद्धबिराम सम्झौतालाई सङ्कटमा पार्ने खतरा उत्पन्न गरेको छ । गत महिनाको आक्रमणमा २५० जना प्यालेस्टिनी र १३ जना इजरायलीको ज्यान गएको थियो भने गाजामा बम आक्रमणबाट ठूलो संख्यामा धनमाल क्षतिग्रस्त भएको थियो ।

यहूदी समुदायले गरेको प्रदर्शनलाई प्यालेस्टिनीहरुले अत्यन्त निन्दनीय र खेदपूर्ण भनेका छन् । हमासले उक्त प्रदर्शनको प्रतिरोध गर्न प्यालेस्टिनी समुदायसँग अपिल गरेको छ । पूर्वी जेरुसेलमकै विवादलाई लिएर गत महिना ११ दिने युद्ध भएको थियो ।

गाजा–बाजा सहितका सयौं अतिराष्ट्रवादी यहूदीहरुको समूहले दमास्कस गेटसम्म प्रदर्शन गरेका थिए । यी प्रदर्शनमा सहभागीहरु अधिकांश युवा थिए र धेरैले इजरायली झण्डा बोकेका थिए ।

तर इजरायली विदेश मन्त्री याईर लापिडले ट्वीट गर्दै उक्त प्रदर्शनको निन्दा एवं भत्र्सना गरेका छन् । उनले जातिभेदी नाराबाजीले इजरायली जनताको अपमान गर्ने बताएका छन् ।

यो प्रदर्शनमा सहभागीहरु अघिल्लो महिनाका भन्दा कम थिए । दमास्कस गेट बाट उक्त भिड पुरानो शहरबाट पश्चिमी पर्खालतर्फ गएको थियो जहाँ यहूदीहरुले प्रार्थना गर्ने गर्दछन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : १० बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले