१७ माघ २०८२, शनिबार | February 1, 2026

असार २५ गतेसम्म कर दाखिला गर्न सरकारबाट सूचना जारी



काठमाडौं । कोरोनाकहरले थलिएको नेपालको उद्योग व्यवसाय सहजरुपमा संचालन हुन नपाउँदै सरकारले कर तिर्ने हदम्याद ताकेको छ ।

सर्वोच्च अदालतले समेत निषेधाज्ञा रोकिएको ३० दिनको बाटो म्याद दिन आदेश दिएको भएपनि आन्तरिक राजश्व विभागले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मका लागि तोकेको हो ।

सुचनामा निषेधाज्ञाका कारण समयमा कर दाखिला गर्न नसकेका करदातालाई म्याद थप गरिएको उल्लेख गरिएपनि देशका बिभिन्न जिल्लामा अहिले पनि निषधाज्ञा जारी रहेको छ । वाढी, पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्योग व्यवसाय सहज हुन सकेको छैन ।

विभागले जारी गरेको सुचना अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।

त्यस्तै सुचनामा २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्ने उल्लेख गरिएको छ । २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७८ सम्म थप भएको विभागले जनाएको छ ।

सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।

नेपालका अधिकांस जिल्लाहरुमा अहिले पनि निषेधाज्ञा जारी रहेकाे छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : ३४ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले