७ आश्विन २०८३, बुधबार | September 23, 2026

जाजरकोटमा हावाहुरीबाट सात जना बेपत्ता



जाजरकोट । जलजला पाटनमा गोठ लिएर गएका कुशे गाउँपालिका वडा नं ८ र ९ का सात जना बेपत्ता भएका छन् ।

मङ्गलबार बेलुकीदेखि जलजला पाटनमा आएको हावाहुरीबाट बेपत्ता भएका सात जना अहिलेसम्म सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

वडा ८ का बेपत्ता हुनेहरुमा दिलबहादुर खड्का, विक्रम खडका, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र वडा नं ९ का कृष्ण रोकाय रहेको प्रहरी नायब उपरीक्षक मधु थापाले बताए ।

त्यस्तै सोही हावाहुरीबाट ज्यान बचाउन सफल चार जना सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ । सम्पर्कमा आउनेहरुमा भक्तबहादुर रोकाय, इश्वर रोकाय, दुर्गा रोकाय र गङ्गा खड्का रहेका छन् ।

त्यस्तै जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ । आज बिहान मात्र घटनाको बारेमा जानकारी आएका कारण प्रहरी जलजला पाटनतर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : ५४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई