१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरु



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा बुधबारदेखि नै उपचार सुरु भएको छ । स्वास्थ्य समस्या बढेपछि खनाललाई स्वास्थ्य उपचारका लागि बुधबार दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्लीस्थित अपोलो अस्पताल लगिएको थियो ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले अस्पतालमै पुगेर खनाल र उनको उपचारको नेतृत्व गरिरहेका चिकित्सकसँग स्वास्थ्यस्थितिबारे छलफल गरेका छन् । भेटपछि राजदूत आचार्यले खनालको उपचार बुधबारबाटै सुरु भएको जानकारी दिएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि नर्भिक अस्पताल भर्ना भएका खनालको स्वास्थ्यमा थप जटिलता थपिन सक्ने देखिएपछि चिकित्सकको परामर्शमा दिल्ली लगिएको हो । खनाल लगातार ज्वरो र खोकीपछि नर्भिक अस्पताल भर्ना भएका थिए । तर, स्वास्थ्यमा सुधार आउनुको साटो समस्या बढ्दै गएपछि चिकित्सकले दिल्ली लैजान सुझाएका थिए ।

खनालमा मिर्गौलाले राम्रोसँग काम नगर्दा हुने स्वास्थ्य जटिलता देखिएको छ । खनालमा मिर्गौलाको समस्याबाट हुने र कोभिडपछिका लक्षणहरू देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन ड. ब्रजेन्द्र श्रीवास्तवले बताए । डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत संक्रमण देखिएको छ । खनाललाई के भएको हो भन्ने चिकित्सकले किटान गर्न सकेका छैनन् ।

नर्भिक अस्पताल स्रोतका अनुसार खनालको फोक्सोमा पानी जमेको छ । अक्सिजन लेभल राम्रो छैन । अक्सिजनको नियमित सपोर्ट दिइएको छ । त्यस्तै, मंगलबार उनको शरीरमा दुई पिन्ट रगत दिन खोज्दा शरीरले एक पिन्ट मात्रै लिएकाले मुटुले पनि राम्रोसँग काम नगरेको हुन सक्ने चिकित्सकहरूको भनाइ छ ।

उनको पिसाबमा पनि इन्फेक्सन देखिएको छ । यसअघि गत ३० माघमा स्वास्थ्यमा समस्या देखिएपछि खनालले अपोलो अस्पतालमै उपचार गराएका थिए । त्यहाँ चिकित्सकहरूले मिर्गौलामा खराबी देखिएकाले तीन महिनापछि ट्रान्सप्लान्ट वा डायलाइसिसको विकल्पमा जानुपर्ने हुन सक्ने बताएको पारिवारिक स्रोतको भनाइ छ ।

स्वास्थ्य सुधारपछि खनाल ८ फागुनमा स्वदेश फर्किएका थिए । तर, पछिल्लो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पार्टीको खिचातानीमा खनाल पनि सक्रिय थिए । पछिल्लो पटक खनाललाई पनि पार्टी सदस्यताबाट समेत हटाइएको छ ।

कोभिड संक्रमणका कारण खनाल गत १८ वैशाखमा नर्भिककै भिआइपी वार्डमा भर्ना भएका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हाई फ्लो अक्सिजनको सपोर्ट दिइएको थियो । करिब दुई सातापछि डिस्चार्ज भएपछि बेडरेस्टमा रहेका खनाल पार्टीको आन्तरिक बैठकमा जुम मिटिङमार्फत पुनः सक्रिय भएका थिए ।

उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या देखिएपछि त्यसअघि खनाल २७ असोजमा ह्याम्स अस्पताल भर्ना भएका थिए । दिल्ली प्रस्थान गर्नुअघि खनाललाई प्रधानमन्त्री केपी ओलीले टेलिफोनमार्फत स्वास्थ्यलाभको कामना गरेका थिए । त्यस्तै, महासचिव ईश्वर पोखरेलले अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेता गोकर्ण विष्टलगायत अस्पतालमा पुगेर उनको स्वास्थ्यलाभको कामना गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ६ : ४१ बजे

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय

सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली

हुलाकी राजमार्गले धमाधम तान्दै निजी क्षेत्रको लगानी

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको