६ बैशाख २०८३, आइतबार | April 19, 2026

युरोकप फुटबल : इटालीको लगातार दोस्रो जित, अन्तिम १६ मा प्रवेश



काठमाडौं । युराेकप २०२० मा उपाधि दाबेदार इटाली लगातार दाेस्राे जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा स्विट्जरल्याण्डलाई ३-० ले पराजित गरेकाे हाे ।

ओलम्पिक स्टेडियममा म्यानुएल लोकाटेलीको दुई गोल तथा सिरो इम्मोबिलेको एक गोल गरेका थिए । १९ औं मिनेटमा कप्तान जर्जियो किएलिनीले गोल गरेका थिए । गाेलकाे खुसियाली मनाएपनि भीएआरले उक्त गोललाई मान्यता दिएन ।

लोरेन्जो इन्सिग्नेको कर्नरमा किएलिनीले बललाई जाली चुमाएका थिए । उक्त बल नियन्त्रण गर्नेक्रममा उनको हातमा लागेकाे थियाे । २६ औं मिनेटमा इटालीले अग्रता लियो । डोमेनिको बेरार्डीको कटब्याकमा अनमार्क रहेका लोकाटेलीले ६ यार्डबाट गरेकाे प्रहार गाेलमा परिणत भएकाे थियाे ।

५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । निको बरेल्लाको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार स्विट्जरल्यान्डका गोलरक्षक यान सोमरले ठम्याउन सकेनन् । ६४ औं मिनेटमा गोलरक्षक जियानलुइजी डोनारुम्माकाे प्रहार स्टिभन जुबरको विफल पारिदिए । लगत्तै काउन्टर अट्याकमा बेरार्डीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार आकासिएकाे थियाे ।

७५ औं मिनेटमा फेडेरिको किएजाको पासलाई नियन्त्रणमा लिँदै इम्मोबिलेले गरेको प्रहारले पोस्टको दिशा लिएन । ८९ औं मिनेटमा इम्मोबिलेले गोल गर्दै इटालीलाई ३-० को जित दिलाए । उनले राफाएल टोलोइको पासमा लामो दुरीबाट गरेको प्रहार सिधै गाेलमा परिणत भएकाे थियाे ।

जितसँगै इटालीको अपराजित यात्रा २९ खेलमा लम्बिएको छ । इटालीले पछिल्लो १० खेलमा गोलसमेत खाएको छैन । जितसँगै समूहको शीर्ष स्थानमा रहेको इटालीको २ खेलमा ६ अंक रहेको छ। वेल्स २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ । स्विट्जरल्यान्डको १ अंक छ । इटालीले समूहको अन्तिम खेलमा वेल्सको सामना गर्नेछ । त्यस्तै, स्विट्जरल्यान्डले अंकविहिन रहेको टर्कीसँग खेल्नेछ ।

त्यसअघि समूह ‘ए’ कै खेलमा वेल्सले टर्कीलाई २-० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको थियो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ७ : २२ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा