१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालयले यसअघि सूचना जारी गरी सबै केन्द्रीय सदस्यहरुलाई बैठकमा सहभागी हुन आग्रह गरेको थियो ।

दिउँसो २ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकले महाधिवेशनको समय तालिका परिवर्तन गर्ने बताइएको छ । यसअघि गत शनिबार बसेको पार्टीका पदाधिकारीको बैठकले आसन्न १४ औं महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो ।

आजको बैठकले उक्त निर्णय अनुमोदन गुर्नका साथै अन्य विभिन्न समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

यसअघि भदौ ७ देखि १० सम्मका लागि तोकिएको महाधिवेशन अब भदौ १६ गतेबाट सुरु गर्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ८ : ०१ बजे

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान