७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

चार दिनपछि मध्यपहाडी लोकमार्ग सञ्चालन



पर्वत । पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ सडक खण्ड चार दिनपछि सञ्चालनमा आएको छ ।

वर्षा नरोकिएका कारण पछिल्लो चार दिनदेखि अवरुद्ध बनेको सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बुधवार साँझ एकतर्फी खोलिएको भए पनि वर्षा रोकिएपछि आज बिहानदेखि दुईतर्फी नै खुला भएको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए । यद्यपि पहिरो पन्छाउने काम भने जारी छ ।

पर्वतमा गए रातिदेखि वर्षा रोकिएकोले सडक खुलाउन सकिएको उनले बताए । पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा ठूलो पहिरो झरेर सडक ठप्प भएको थियो । सडक सञ्चालन भएसँगै चार दिनदेखि अलपत्र बनेका मालवाहक ट्रक, तरकारी तथा फलफूल, औषधि तथा अक्सिजन बोकेका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

कमजोर भूभागका कारण सहस्रधारामा सामान्य वर्षा हुँदासमेत अवरुद्ध हुने गरेको छ । मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना सवारीसाधनले भने वैकल्पिक सडक प्रयोग गरेका थिए ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ८ : २३ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा