१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

असार ७ पछि सरकारले निषेधाज्ञाको मोडालिटी परिमार्जन गर्दै



काठमाडौं । सरकारले असार दोस्रो साताबाट देशभर जारी निषेधाज्ञालाई सहज बनाउने तयारी थालेको छ । निषेधाज्ञाको मोडालिटीमा ब्यापक परिमार्जन गर्दै दैनिक जनजिवनलाई सहज बनाउने गरि आवश्यक स्थानहरुमा निषेधाज्ञा जारी राख्ने गरि सरकारले गृहकार्य थालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार साँझ बालुवाटारमा बसेको को बैठकले निषेधाज्ञाको माडालिटी परिमार्जन गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा यही असार ७ गते सकिँदैछ भने उपत्यका कै समयसीमालाई सिको गर्दै देशका अधिकांस जिल्लाहरुमा पनि ७ गते सम्म कै लागि निषेधाज्ञालाई कायम गरिएको छ । उपत्यका सहित संक्रमणको प्रभाव कायम रहेका जिल्लाहरुमा निषेधाज्ञा कायमै राखे पनि त्यसको मोडेल सहज बनाउने गरि निर्देशक समितिले निर्णय गरेको छ । स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई अत्यावश्यक क्षेत्रको दायरा बढाउँदै त्यस्ता क्षेत्रलाई खुल्ला गरिनुपर्ने समितिले निष्कर्ष निकालेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

अत्यावश्यक बस्तुहरुको उत्पादन तथा आपूर्ति सहज बनाउने गरी अहिले जारी रहेको निषेधाज्ञाको मोडालिटीमा परिमार्जन गर्ने निर्णय समितिले गरेको छ।

कोभिड–१९ निर्देशक समितिले कतार, साउदी अरेबिया, मलेसिया, जापान लगायतका मुलुकमा पुनः हवाई उडान सुरु गर्ने निर्णय गरेको छ। यी देशहरुबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाई उडान पुनः सुरु गर्न सकिने गरि निर्णय भएको समितिले जनाएको छ।

सरकारले बैदेशिक रोजगारीमा गएका तर बिभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्दा भुक्तानी गर्न नसक्ने कामदारकाे १० दिनको होटल खर्च सरकारले ब्यहाेर्ने निर्णय गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि सरकारले १० दिनको खर्च ब्यबस्थापन गर्ने निर्देशक समितिले निर्णय गरेको हाे ।

गैर आवासीय नेपालीहरुबाट नेपाल पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको बताईएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ९ : ०५ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट