४ पुस २०८२, शुक्रबार | December 20, 2025

तिलोत्तमामा ट्रेक्टर जोताईको नयाँ भाडा दर निर्धारण



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्रेक्टरको जोताईंको नयाँ भाडा दर कायम गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो ।

नगरपालिकाले ट्रेक्टरधनीका प्रतिनिधि समेतको उपस्थितमा सरोकारवालाहरुसँग छलफल गरेर ट्रेक्टरको नयाँ भाडा दर कायम गरिएको वडा नं. १३ का वडाध्यक्ष समेत रहेका भाडादर निर्धारण समितिका संयोजक गणेश न्यौपानेले जानकारी दिए ।

कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसानहरु मर्कामा थिए । तिलोत्तमामा सर्वपक्षीय छलफलबाट ट्रेक्टरको कल्टिभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ४४० रुपैंयाँ र रोटाभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ८५० रुपैंयाँ कायम गरिएको हो ।

डिजलको मूल्यवृद्धि, बजारको अवस्था लगायतको आधारमा २०७७ वैशाखमा निर्धारण गरिएको भाडादरलाई समायोजन गरिएको वडाध्यक्ष न्यौपानेले बताए । अब तिलोत्तमा नगरपालिकामा निर्धारण गरिएको भन्दा बढी भाडा लिन पाइनेछैन । तर, ट्रेक्टर व्यवसायीले तोकिएभन्दा कम भाडा लिन सक्नेछन् ।

तिलोत्तमा नगरपालिकामा ट्रेक्टरको वैज्ञानिक भाडा दर कायम गर्न वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरिएको छ । तिलोत्तमा नगरपालिकाको झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ ।

प्रमुख खाद्यबाली धान रोपाईं प्रारम्भ हुँदै गर्दा ट्रेक्टरको नयाँ जोताईं भाडादर कायम गरिएको हो । तोकिएकोभन्दा बढी भाडा कसैले लिए सम्बन्धित निकायमा जानकारी गराउन समिति संयोजक न्यौपानेले किसानलाई आग्रह गरे ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  १० : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको