१९ असार २०८३, शुक्रबार | July 3, 2026

जसपा कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

निर्वाचन आयोगले पार्टीको बहुमत पक्षको निर्णयलाई मान्यता नदिएपछि जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षीय केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बैठक अहिले बिहान ११ ३० बजे बस्नेछ ।

अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णय लिन भन्दै बुधबार कार्यकारिणीको बैठक बोलाएका थिए ।

बहुमत पक्षले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारवाही गरी विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको थियो । त्यस विरुद्ध ठाकुर पक्षले पनि यादवलाई कारवाही गरेको भन्दै विवरण सच्चाउन आयोगलाई पत्राचार गरेको थियो ।

आयोगले भने आफैले माग गरेका पत्रको अध्ययन नगरेको र बहुमतको निर्णयलाई अस्वीकार गरेको भन्दै यादव पक्षले असन्तुष्टि जनाएको छ । यसविरुद्ध राजनीतिक र कानूनी लडाईं लड्ने यादव पक्षले बताएको छ ।

आयोगको निर्णय पछिको अवस्थाबारे छलफल गर्न यादव पक्षले कार्यकारिणी बैठक बोलाएको हो ।

कार्यकारिणी बैठकलाई अर्का अध्यक्ष ठाकुरले भने अवैध भएको दाबी गरेका छन् । प्रथम अध्यक्षले बैठक नबोलाएको भन्दै ठाकुरले आजको बैठकमा उपस्थित नहुन कार्यकारिणी सदस्यहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ११ : ०३ बजे

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२