२० बैशाख २०८१, बिहिबार | May 2, 2024

जसपा कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

निर्वाचन आयोगले पार्टीको बहुमत पक्षको निर्णयलाई मान्यता नदिएपछि जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षीय केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बैठक अहिले बिहान ११ ३० बजे बस्नेछ ।

अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णय लिन भन्दै बुधबार कार्यकारिणीको बैठक बोलाएका थिए ।

बहुमत पक्षले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारवाही गरी विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको थियो । त्यस विरुद्ध ठाकुर पक्षले पनि यादवलाई कारवाही गरेको भन्दै विवरण सच्चाउन आयोगलाई पत्राचार गरेको थियो ।

आयोगले भने आफैले माग गरेका पत्रको अध्ययन नगरेको र बहुमतको निर्णयलाई अस्वीकार गरेको भन्दै यादव पक्षले असन्तुष्टि जनाएको छ । यसविरुद्ध राजनीतिक र कानूनी लडाईं लड्ने यादव पक्षले बताएको छ ।

आयोगको निर्णय पछिको अवस्थाबारे छलफल गर्न यादव पक्षले कार्यकारिणी बैठक बोलाएको हो ।

कार्यकारिणी बैठकलाई अर्का अध्यक्ष ठाकुरले भने अवैध भएको दाबी गरेका छन् । प्रथम अध्यक्षले बैठक नबोलाएको भन्दै ठाकुरले आजको बैठकमा उपस्थित नहुन कार्यकारिणी सदस्यहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ११ : ०३ बजे

सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्बजनिक गर्छु

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२