१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

मेलम्चीमा बेपत्ता २० जनाको पहिचान खुल्यो (नामावलीसहित)



सिन्धुपाल्चोक । मेलम्चीमा मंगलबार राति आएको बाढीमा बेपत्ता भएका २० जनाको पहिचान खुलेको छ । बेपत्ता भएका ३ भारतीय र ३ चिनियाँ नागरिकसमेत २० जनाको नाम जिल्ला प्रशासन कार्यालयले सिन्धुपाल्चोकले सार्वजानिक गरेको छ ।

प्रशासनका अनुसार बेपत्ता हुनेमा भारतीय नागरिक कमललोचन महतो, विजय बासुमन्तरी र जिनडाऔ बासुमन्तरी तथा चिनियाँ नागरिक सन यु चुवान, यु चि झु र गोड टियान छियो रहेका छन् ।

त्यसैगरि बेपत्ता हुने नेपाली नागरिकमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्याति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीया ज्ञानेन्द्र कक्षपति, हेलम्बु–३ की ५० वर्षीया साइली तामाङ, सोही गाउँपालिका ६ का ५० वर्षीया च्याङा तामाङ र ४२ वर्षीया काली तामाङ छन् ।

त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका–१ का १९ वर्षीय विमल खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेसमलाल सार्की र हेमराज घिमिरे पनि अहिले सम्म फेला नपरेको प्रशासनले जनाएको छ ।

बाढीग्रस्त क्षेत्रमा फसेका ७४ जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेका छन् । बेपत्ताहरुकाे खाेजी जारी रहेकाे प्रशासनले जनाएकाे छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  १२ : ०८ बजे

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौं। लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

झापा । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका

राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा तीन

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा