१८ चैत्र २०८२, बुधबार | April 1, 2026

एमालेको नेपाल पक्षले बनायो विपद् व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन समिति



काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षले विपद् विज्ञ डा. गंगालाल तुलाधरको संयोजकत्वमा विपद् व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन समिति गठन गरेको छ।

नेपाल पक्षको आज बसेको स्थायी कमिटी बैठकले विपद विज्ञ समेत रहेका नेता डा. गंगालाल तुलाधरणको संयोजकत्वमा विपद् व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन समिति गठन गरेको हो।

बैठकमा सहभागी एक नेताका अनुसार समितिमा जनवर्गीय संगठनका अध्यक्ष, महासचिव र पार्टीका प्रदेश प्रतिनिधि रहने व्यवस्था गरिएको छ । तुलाधर एमालेको विपद् व्यवस्थापन विभाग प्रमुख पनि हुन् ।

बैठकपछि १४ जना स्थायी कमिटी सदस्यहरुको नामसहित माधवकुमार नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाढीपहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन माग गरिएको छ । उनीहरुले निष्पक्ष र पारदर्शीरूपमा राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

बैठकले उपचाररत वरिष्ठ नेता झलनाथ खनाल र रघुजी पन्तको स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ३ : ३९ बजे

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”

लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीमा नयाँ नेतृत्व चयन

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब