२४ माघ २०८२, शनिबार | February 7, 2026

पेन्सन होल्डरलाई ग्लोबल आइएमईले सहज कर्जा दिने



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीहरूलाई लक्षित गरी ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

यस खाता अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउनेछ ।

यो खाताले निवृत्तीभरण पाइरहेका व्यक्तिहरुलाई पनि आफ्नो पेन्सन रकममध्य भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्य रुपमा बचत गर्दै जाने बानी बसाल्न प्रेरित गर्ने तथा स्वास्थोपचार लगायत अत्यावश्यक खर्च धान्न तत्काल सापटी, कर्जा सुविधाको व्यवस्था समेत गरेकोले सबैमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यस खातामा ग्राहकहरूले १ वर्षदेखि ५ वर्षसम्मको भाखा राखी आफ्नो इच्छा अनुसार पेन्सन रकमको २५ देखि ५० प्रतिशतसम्म नियमित जम्मा गर्न सक्नेछन् भने पाकेको ब्याज लगायत थप रकम समेत म्याद पुग्न ३ महिना अगाडिसम्म० जम्मा गर्दै जान मिल्नेछ । यसरी थप गर्दै जाने रकममा समेत शुरूमा तोकेकै मुद्दती निक्षेपको व्याज प्राप्त हुनेछ ।

ग्राहकहरुलाई कुनै पनि कारण रकम आवश्यक परेमा तत्काल मोबाइल बैंकिग मार्फत नै निक्षेप रकमको ९० प्रतिशतसम्म सापटी लिन सकिने तथा सापटीबाट अपुग भएमा १ वर्षसम्म जम्मा गर्न मन्जुर गरेको रकम ९अधिकतम रु २ लाखसम्म  सुलभ व्याजदरमा कर्जा लिन सकिनेछ ।

साथै, निक्षेपकर्ता अशक्त भएमा इच्छाइएको व्यक्तिको अनुरोध बमोजिमसमेत खाता सञ्चालन गर्नसक्ने र निक्षेपकर्ताको असामयिक निधन भएमा इच्छाइएको व्यक्तिलाई निक्षेपको म्याद बाँकी रहेको भएतापनि तत्काल बाँकी रहेको साँवा र व्याज रकम भुक्तानी दिइनेछ ।

यसका साथै बैंकले यस योजनामा आवद्ध हुने ग्राहकहरूलाई निःशुल्क मोबाइल बैंकिङ्ग, क्रेडिट कार्ड, डेबिट कार्ड र एकलाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुबिधाहरु उपलब्ध गराउने छ ।

सुबिधाहरु उपलब्ध गराउने छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ५ : ४७ बजे

एमाले रुपन्देहीका उम्मेदवारहरु चुनावी अभियानलाई तीब्र बनाउँदै, सबै क्षेत्रमा जित निकाल्ने तयारी

बुटवल । नेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी

रुपन्देही-२ मा नेकपाको तीन सय एक सदस्यीय युवा परिचालन समिति

बुटवल, २४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु

टी-२० विश्वकपको पहिलो खेलमा पाकिस्तानको रोमाञ्चक जित, नेदरल्याण्ड्स तीन विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तानले

यो निर्वाचन व्यक्ति होइन, राष्ट्र जित्ने कि हार्ने भन्ने सवाल हो : पद्यमा अर्याल

बुटवल । नेकपा एमालेकी सचिव पद्यमा अर्यालले यस पटकको निर्वाचनमा