७ आश्विन २०८३, बुधबार | September 23, 2026

पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाने जसपा यादव पक्षको निर्णय, ९ मन्त्री पार्टीबाट निस्काशित



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको उपेन्द्र बाबुराम पक्षले पार्टीको आधिकारिकताका लागि पुनः निर्वाचन आयोगमा निवेदन दिने भएको छ ।

जसपाको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार वैधानिकता दाबी गर्दै आयोगमा पुनः निवेदन दिने निर्णय बैठकले गरेको हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टीमा आफ्नो पक्ष स्पष्ट बहुमतमा भएको र पार्टीको कार्यदिशा र योजनाको पक्षमा पनि आफुहरु नै रहेकाले पार्टीको आधिकारीकता माग गर्ने निर्णय गरिएको बताए । भट्टराईले भने – ‘निर्वाचन आयोगमा हाम्रो पार्टीमा केही व्यक्तिहरुले जुन विवाद सिर्जना गरेका छन्, त्यसको निरुपणका निम्ति पार्टीको आधिकारिकताको टुंगो लगाउनलाई आयोगमा फेरि प्रस्तुत हुने भन्ने हामीले निर्णय गरेका छौँ । किनकी हाम्रो पार्टीको स्पष्ट बहुमत अहिलेपनि हामीसँग छ ।’

उपेन्द्र-बाबुराम पक्षको बहुमत रहेको कार्यकारिणीको यस अघि बसेको बैठकले अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निस्काशन गरेर त्यसको विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो । तर, आयोगमा ठाकुर पक्षले पनि अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गरेर विवरण सच्चाउन निवेदन दिएपछि आयोगले दुवै पक्षको निर्णय अस्वीकार गर्दै पुरानै पदाधिकारी रहने निर्णय सुनाएको थियो ।

यसैगरी जसपा कार्यकारिणी बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको छ । यसअघि चार जना निस्काशनमा परिसकेका छन् । यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । यसबाहेक सरकारमा सहभागी बाँकी नेतालाई पनि निष्कासनको निर्णय गरेको हो ।

बैठकले लुम्बिनी प्रदेशका चार जना सांसदलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिँदै लुम्बनी सरकारमा समेत सहभागी भएका चार जनाको सांसद पद प्रदेशसभा सचिवालयले खारेज गरेपनि सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो ।

बैठकले चुरे दोहन रोकिनुपर्ने माग गरेको छ । यस्तै, बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । ब ैठकले बाढ़ी पहिरो पीड़ितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ । बैठकले पार्टीको जनपरिचालनका लागि कार्ययोजना बनाउन मृगेन्द्रसिंह यादवको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाएको छ ।

 

 

 

 

 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ६ : ३२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११