१२ असार २०८३, शुक्रबार | June 26, 2026

युरोकप फुटबल : बेल्जियमको लगातार दोस्रो जीत



काठमाडाैं । बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलकाे नकआउट चरणमा प्रवेश गरेकाे छ ।

कोपेनहेगनमा बिहीबार राति भएकाे खेलमा घरेलु टाेली डेनमार्कमाथि २-१ ले पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हाे ।

पार्केन स्टेडियममा बेल्जियमलाई जित दिलाउन इडेन हाजार्ड र केभिन डी ब्रुएनले एक/एक गोल गरे । डेनमार्कका युसुफ पाउलसेनले एक गोल गरेपनि जितकाे लागि प्रयाप्त बनेन ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको दोस्रो मिनेटमै पिएर एमिल होएबिएरको पासमा पाउलसेनले बेल्जियमको डिफेन्समा कमजोरीको फाइदा उठाउँदै डेनमार्कलाई १-० को अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार सिधैं गाेलमा परिणत भएकाे थियाे ।

बेल्जियमले पहिलो हाफमा गोलको केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । तर, दोस्रो हाफमा बेल्जियम खेलमा फर्कियो । खेलको ४६ औं मिनेटमा प्रशिक्षक रोबर्टो मार्टिनेजले ड्रिएस मेर्टेन्सको स्थानमा ब्रुएनलाई मैदान प्रवेश गराएका थिए ।

५५ औं मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा फर्काए । उनले ब्रुएनको पासमा गोल गरे । पेनाल्टी क्षेत्रभित्र ब्रुएनले डिफेन्स लाइनलाई ताेड्दै दिएको पासलाई हाजार्डले गोलमा परिणत गरेका थिए ।

७१ औं मिनेटमा ब्रुएनले गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए । ब्रुएनले कप्तान हाजार्डको पासमा गोल गरेका थिए । डेनमार्कले ८७ औं मिनेटमा मार्टिन ब्रेथवेटले स्कोभ ओल्सनको क्रसमा गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएकाे थियाे ।

जितसँगै बेल्जियम समूह ‘बी’को २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा पुगेको छ । बेल्जियमले नकआउट चरणमा पनि स्थान पक्का गरेको छ ।

फिनल्यान्ड र रसियाको समान ३-३ अंक छ । डेनमार्क भने दुवै खेलमा पराजित हुँदै समूह चरणबाट नै बाहिरिने सम्भावना बढेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ६ : २७ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३