३० आश्विन २०८३, शुक्रबार | October 17, 2026

युरोकप फुटबल : अष्ट्रियालाई पराजित गर्दै नेदरल्यान्ड्स अघिल्लो चरणमा प्रवेश



काठमाडौं । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको छ ।

बिहीबार राति सम्पन्न खेलमा अष्ट्रियालाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले लगातार दोस्रो जितका साथ खेलको अघिल्लो चरणमा प्रवेश गरेको छ ।

समूह ’सी’ मा रहेको नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ । नेदरल्यान्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टाेली हाे । यसअघि बेल्जियम र इटाली नकआउट चरणमा प्रवेश गरिसकेका छन् ।

घरेलु मैदानमा सम्पन्न खेलको ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीबाट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

अष्ट्रियाका कप्तान डेभिड अल्बाले पेनाल्टी क्षेत्रमा डेन्जललाई फाउल गर्दै लडाएपछि नेदरल्यान्ड्सले पाएको पेनाल्टीको अवसरमा डिपेले सहजै गोल ग रे।

खेलको ६७ औं मिनेटमा मालेनको पासमा डेन्जल डम्फ्रिइजले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को जित दिलाए । नेदरल्यान्ड्सले २ खेलमा ६ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रहेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो ।

पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको अष्ट्रिया ३ अंकका साथ समूहको तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ७ : २३ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी