२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कोपा अमेरिका : पेरुमाथि ब्राजिलको ४ गोल



काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिलले लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार बिहान भएको समूह चरणको खेलमा आयोजक समेत रहेको ब्राजिलले पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

ओलम्पिक निल्टन सान्तोस स्टेडियममा सम्पन्न खेलमा ब्राजिलका एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक/एक गोल गरे । खेलको १२ औं मिनेटमा एलेक्सले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हापमा १-० गोल अन्तरले अघि रहेको ब्राजिलले दोस्रो हापमा थप ३ गोल गर्यो ।

खेलको ६८ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए । ब्राजिलका लागि नेयमारको यो ६८ औं गोल हो । खेलको ८९ औं मिनेटमा एभर्टनले गोल गर्दा ब्राजिलले ३-० को अग्रता बनायो । इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४-० को जित दिलाए । जितसँगै समूह ’बी’ मा रहेका ब्राजिलले २ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ ।

ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको थियो । पहिलो खेलमै हार ब्यहोरेको पेरु समूहको पुछारमा रहेको छ ।

यसै समूहको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका थिए । कोलम्बिया २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा छ भने एक अंक जोडेको भेनेजुएला तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ८ : ४४ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन