२४ बैशाख २०८१, सोमबार | May 7, 2024

जाजरकोटमा निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन



जाजरकोट । भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको अझै खोजी हुनसकेको छैन ।

मङ्गलबारदेखि हराइरहेका कुशे गाउँपालिका-८ र ९ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय अझै सम्पर्कमा आएका छैनन् ।

हावाहुरी, पानीसहित आएको बहुकाले उडाएर बेपत्ता भएका उनीहरूको खोजीका लागि प्रहरी टोली र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाए पनि त्यहाँ पुग्न नसकेको प्रहरी नायब उपरीक्षक ९डिएसपी० मधुकुमार थापाले बताए । सोही घटनामा परी बच्न सफल ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गङ्गा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए ।

त्यस्तै जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ । बुधबार बिहान मात्र घटनाका विषयमा जानकारी आएपछि प्रहरी र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाएको थियो । यो समाचार तयार पर्दासम्म प्रहरी र स्थानीयवासी भैँसी ओडारमा पुगेर लेक लागी बिरामी भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए ।

घटनास्थल पुग्न पाँच घण्टाभन्दा बढी लाग्ने स्थानीयवासीको भनाइ छ । बेपत्ताको उद्धारका लागि गृहमन्त्रालय, प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पत्राचार गरिएको छ । उद्धार टोली बिरामी पर्नुका साथै पानी, हावाहुरीसहितको बहुकाले माथि जान नसकेको उहाँले बताउनुभयो । घटनास्थल समुद्र सहतदेखि चार हजार ८०० मिटर उचाइमा छ ।

सदरमुकामदेखि बाहिर फोन सेवा अवरुद्ध

सदरमुकामदेखि बाहिर टेलिफोन सेवा अवरुद्ध भएको छ । सौर्य ऊर्जा प्रणालीले काम नगर्दा फोन सेवा अवरुद्ध भएको हो । सदरमुकामदेखि बाहिरका सबै टावर सौर्य उपकरणको भरमा सञ्चलन हुँदै आएका कारण लगातारको वर्षाले चार्ज नहुँदा टावर बन्द भएको नेपाल टेलिकम जाजरकोटले जनाएको छ ।

स्थानीय सडकसमेत अवरुद्ध भएको छ । जुनिचाँदे गाउँपालिकामा सबै सडक अवरुद्ध भएको गाउँपालिकाका कावाध्यक्ष शिवा आचार्यले जानकारी दिइन । रासस

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ९ : ०३ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,