१८ माघ २०८२, आइतबार | February 1, 2026

कांग्रेसका पुराना नेता पूर्व सांसद कृष्णसिंह परियारको निधन



नेपालगन्ज । २०४६ सालको जन आन्दोलन पछिको पहिलो प्रतिनिधिसभा सदस्य एवं कांग्रेसका पुराना नेता कृष्णसिंह परियारको निधन भएको छ । २०४८ सालमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्व सांसद परियारको उनको आफ्नै निवास नेपालगन्जमा निधन भएको हो ।

मृगौला, मधुमेह र उच्च रक्तचापको समस्यामा रहेका परियारको ७५ वर्षको उमेरमा आज बिहान मृत्यु भएको परियारका छोरा गौतम परियारले जानकारी दिए । जन आन्दोलन पछिको पहिलो संसदीय निर्वाचनमा निर्वाचित सांसद सहित उनी तत्कालिन राज्य ब्यवस्था समितिका सभापति समेत भएका थिए ।

कांग्रेसका पुराना नेता परियार कांग्रेसको सिद्धान्तमा निष्ठावान नेताकारुपमा पहिचार बनाएको नेता मध्यमा पर्छन् ।

परियारका २ श्रीमती, ३ छोरी र ४ छोरा मध्य जेठी श्रीमतीको २ महिना पहिले कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनी कान्छी श्रीमतीसँग नेपालगन्ज १२ कोरियनपुरमा बस्दै आएका थिए ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ९ : १४ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा