६ बैशाख २०८१, बिहिबार | April 19, 2024

पार्टीको आधिकारिकता दाबी गर्न जसपा यादव पक्ष निर्वाचन आयोग जाँदै



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्न आज निर्वाचन आयोग जाने भएको छ ।

अध्यक्ष यादव पक्षको बहुमत रहेको जसपाको कार्यकारिणी बैठकले पुनः आयोगमा गएर पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो । सोही आधारमा आज याद पक्ष आयोगमा गएर निवेदन दिन लागेको हो ।

जसपाका नेताहरु दिउँसो २ बजे आयोगमा पुगेर पार्टीको नाम, चुनाव चिन्ह, छाप, निर्णयको आधिकारिकताका लागि बहुमत कार्यकारिणीको हस्ताक्षरसहित निवेदन दिने तयारी गरेका हुन् ।

जसपाले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गर्न लागेको हो ।

 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १२ : ३१ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी