१९ असार २०८३, शुक्रबार | July 3, 2026

पार्टीको वैधानिकता दावी गर्दै जसपाको उपेन्द्र पक्ष निर्वाचन आयोगमा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु पार्टीको वैधानिकता दावी गर्दै निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगमा दर्ता भएको पार्टीको कार्यकारिणी समितिको बहुमत संख्या आफुहरुसँग रहेको दाबी गर्दै आधिकारीकता र बैधानिकताको माग गर्न नेताहरु आयोग पुगेका हुन् ।

जसपाको यादव पक्षको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो । यसअघि १७ जेठमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय आयोगमा बुझाइए पनि सो कारवाहीलाई आयोगले अस्विकार गरेपछि यादव पक्षले पुनः बैधानिकाताको दाबी प्रस्तुत गर्न आयोग जाने निर्णय गरेको थियो ।

यादवले ठाकुरलाई कारवाही गरेकै दिन ठाकुरले पनि यादवलाई निष्कासनको पत्र बुझाएका थिए ।आयोगले ३० जेठमा दुवै समूहको मागदावी अनुसार दल दर्ता किताब अद्यावधिक नगरिदिएपछि आयोगको निष्पक्ष्तामा समेत यादव पक्षले प्रश्न उठाएको थियो ।

यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा ४३ अनुसार दलको वैधानिकता दावी गर्दै फेरि आज फेरि आयोग गएका हुन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ३ : १७ बजे

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२