७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कांग्रेस केन्द्रीय समिति बैठक शुरु, महामन्त्री खड्काबाट महाधिवेशनको संशोधित तालिका पेश



काठमाडौं । नेपाली कांग्रेसको आज १ बजेका लागि बोलाईएको केन्द्रीय समिति बैठक ३ बजेपछि सुरु भएको छ । कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न बैठक बसेको बसेको हो ।

यस अघि भादौ ९ देखि १२ गते महाधिवेश गर्ने तय भएको मितिलाई कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी आन्तरिक कार्यतालिका परिमार्जन गरेको छ ।

आज बसेको बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले महाधिवेशको संशोधित कार्यतालिका प्रस्ताव गरेका थिए । संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन, साउन १६ मा गाउँरनगर अधिवेशन र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३ गते हुने संशोधित कार्यतालिकामा उल्लेख गरिएको छ ।

संशोधित तालिकामा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते हुने प्रस्ताव गरिएको छ । अधिवेशनको मिति तय भएपनि कांग्रेसको क्रियाशिल सदस्यताको भने अझै टुङ्गो लाग्न सकेको छैन । संशोधित तालिकामा क्रियाशील सदस्यता टुंग्याउन असार मसान्तसम्मको समय प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ४ : ४५ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा