७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेस केन्द्रीय समिति बैठक शुरु, महामन्त्री खड्काबाट महाधिवेशनको संशोधित तालिका पेश



काठमाडौं । नेपाली कांग्रेसको आज १ बजेका लागि बोलाईएको केन्द्रीय समिति बैठक ३ बजेपछि सुरु भएको छ । कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न बैठक बसेको बसेको हो ।

यस अघि भादौ ९ देखि १२ गते महाधिवेश गर्ने तय भएको मितिलाई कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी आन्तरिक कार्यतालिका परिमार्जन गरेको छ ।

आज बसेको बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले महाधिवेशको संशोधित कार्यतालिका प्रस्ताव गरेका थिए । संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन, साउन १६ मा गाउँरनगर अधिवेशन र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३ गते हुने संशोधित कार्यतालिकामा उल्लेख गरिएको छ ।

संशोधित तालिकामा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते हुने प्रस्ताव गरिएको छ । अधिवेशनको मिति तय भएपनि कांग्रेसको क्रियाशिल सदस्यताको भने अझै टुङ्गो लाग्न सकेको छैन । संशोधित तालिकामा क्रियाशील सदस्यता टुंग्याउन असार मसान्तसम्मको समय प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ४ : ४५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई