६ पुस २०८२, आइतबार | December 21, 2025

सिन्धुपाल्चोकमा बाढी : दुईवटा स्कूल र हेलम्बुको प्रहरी चौकी बगायो



काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा शुक्रबार राति फेरि आएको बाढीले हेलम्बु गाउँपालिकाको प्रहरी चौकी बगाएको छ ।

गत मंगलबारबाट निरन्तर आइरहेको बाढी शुक्रबार राति पुनस् बढेसँगै जोगिएका संरचना बगाउन थालेको हो । शुक्रबार राति आएको बाढीले हेलम्बु गाउँपालिकाको प्रहरी चौकी बगाएको हो ।

हेलम्बु गाउँपालिकाअन्तर्गत ग्यालथुमको इस्ट पोइन्ट एकेडेमी पनि बाढीले बगाएको छ भने तालामाराङको तेस्रे माविको धेरै भाग बाढीले बगाएको छ । त्यस्तै मेलम्ची खोलामा आएको बाढी हेलम्बुको चनौटे बजारमा रहेको रातो पुलमा क्षति पुर्‍याएको छ । मंगलबारको बाढीले जोगिएका संरचना बगाउने र जमिन कटान गर्न थालेसँगै स्थानीय थप त्रसित बनेका छन ।

मंगलबार बाढीले जोगिएको हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चनौटे, ग्याल्थुम, किउल, तालामाराङ लगायतका क्षेत्र नराम्रोसँग प्रभावित भएको छ भने मेलम्ची बजारसहितको क्षेत्रमा शुक्रबारको बाढीले पनि थप कटान गरेको हो । मेलम्चीको पुरानो बजारमा केन्द्र बनाएर अहिले इन्द्रावती नदी बगिरहेको छ । मेलम्ची र इन्द्रावती नदी तटिय क्षेत्रका कयौं घरहरु बगेका छन् भने सग्ला रहेका घरहरुमा बालुवा र लेदो भरिएको छ ।

खेतहरु बगरमा परिणत भएका छन । मेलम्ची र हेलम्बु क्षेत्रका अधिकांश पुल, रिसोर्ट, ट्राउट सेन्टर, फार्महरुको नदीले बगाएको छ । बजार क्षेत्रका घरहरुमा तीन तलासम्म बालुवाले पुरिएका छन ।

बाढीले सबैभन्दा बढी प्रभावित बनेको हेलम्बु गाउँपालिका बनेको छ । बाढीले भौतिक संरचनासहित मानवीय क्षतिसमेत भएको छ । मेलम्ची-इन्द्रावती नदीमा आएको बाढीका कारण २० जना बेपत्ता भएकामध्ये १२ जना हेलम्बु गाउँपालिकाका छन ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ७ : ५२ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको