काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यअवस्था सुधारोन्मुख भएको छ ।
भारतको दिल्लीस्थित अपलो अस्पतालमा उपचार गरिरहेका खनालको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ ।
खनाललाई लगातार आइरहेको ज्वरो घटेको छ। चिकित्सकको उच्च निगरानीमा खनालको उपचार भैरहेको उनको सचिवालयले जनाएको छ ।
कोरोना संक्रमणबाट मुक्त भएका खनाललाई निरन्तर ज्वरो आए पछि एकहप्ता अघि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरेर उपचार गरिँदै आएको थियो । तर, चिकित्सकले थप उपचार गर्न दिल्ली जान सुझाव दिएपछि खनाललाई दिल्ली लगिएको थियो ।
प्रतिक्रिया