८ बैशाख २०८१, शनिबार | April 20, 2024

तामाकोसीको सहायक रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन



दोलखा । तामाकोसी नदीको सहयक रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको छ।

चीनको स्वशाससित क्षेत्र तिब्बतस्थित तिङ्ग्री काउन्टीनजिकै पर्ने उक्त रोङ्सी खोलाको पहिरो हटाउन चीनले आफ्नो टोली परिचालन गरेको हो ।

चिनियाँ टोलीले अहिले पहिरो हटाइरहेको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन् । तर, तिब्बततर्फ भएका कारण ताल फुटाउन कतिजना चिनियाँ टोली पुगेको छ भन्नेबारे थाहा नेपाली पक्षलाई जानकारी गराइएको छैन ।

उक्त खोलाबाट बाढी आउन सक्ने आकंलन गर्दै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशयबाट पानी छाडिएको छ ।

रोङ्सी खोला सामान्य अवस्थामा आउन समय लाग्ने बताइएको छ । जसका कारण जोखिम कायमै छ । पहिरो हटेपछि तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने हुँदा दोलखा जिल्ला प्रशासनले नदी आसपासका क्षेत्रमा बस्ने बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।

 

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ३ : १८ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन