१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

तामाकोसीको सहायक रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन



दोलखा । तामाकोसी नदीको सहयक रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको छ।

चीनको स्वशाससित क्षेत्र तिब्बतस्थित तिङ्ग्री काउन्टीनजिकै पर्ने उक्त रोङ्सी खोलाको पहिरो हटाउन चीनले आफ्नो टोली परिचालन गरेको हो ।

चिनियाँ टोलीले अहिले पहिरो हटाइरहेको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन् । तर, तिब्बततर्फ भएका कारण ताल फुटाउन कतिजना चिनियाँ टोली पुगेको छ भन्नेबारे थाहा नेपाली पक्षलाई जानकारी गराइएको छैन ।

उक्त खोलाबाट बाढी आउन सक्ने आकंलन गर्दै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशयबाट पानी छाडिएको छ ।

रोङ्सी खोला सामान्य अवस्थामा आउन समय लाग्ने बताइएको छ । जसका कारण जोखिम कायमै छ । पहिरो हटेपछि तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने हुँदा दोलखा जिल्ला प्रशासनले नदी आसपासका क्षेत्रमा बस्ने बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।

 

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ३ : १८ बजे

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध