७ आश्विन २०८३, बुधबार | September 23, 2026

मेलम्ची पीडितका नाममा राहत संकलन गर्नेलाई एक लाख जरिवाना दुई वर्ष कैद



काठमाडौं । मेलम्ची बाढीपीडितको नाममा जथाभावी चन्दा उठाउने र राहत संकलन गर्न थालिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मेलम्चीका बाढी पिडितका नाममा चन्दा वा राहत संकलन गर्न प्रतिबन्ध लगाएको छ ।

प्रशासनले मेलम्चीका बाढी पिडितका नाममा राहत संकलन वा चन्दा संकलन गरे एक लाख जरिवाना र दुई वर्षसम्म कैद हुने चेतावनी दिएको छ ।

विपद् पीडितका नाममा चन्दा वा राहत संकलन नगर्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लाका संघसंस्था र व्यक्तिहरुलाई निर्देशन दिएको हो ।

शुक्रबार प्रशासनले एक विज्ञप्ति जारी गर्दै चन्दा वा राहत संकलन गरेमा, बजारमूल्य वृद्धि गरेमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा कानूनी कार्वाही गर्ने सूचना मार्फत जानकारी गराएको छ ।

प्रशासनले सरोकारवालाको ध्यानाकर्षण गराराँदै उक्त कार्य गर्नेलाई कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना, दुईवर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने सूचित गरेको हो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ३ : ४४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई