२२ भदौ २०८३, सोमबार | September 8, 2026

क्षणभरमै उजाड बन्योे चनौटे बजार



हेलम्बु । हेलम्बु गाउँपालिका-७ अन्तर्गत पर्ने चनौटे बजारवासीलाई साँझ पर्नेबित्तिकै डर लाग्न थाल्छ । असार २ गतेअघि साँझ पर्नेबित्तिकै झिलिमिली देखिने सो बजार मेलम्ची खोलाको बाढीको ताण्डवले अहिले उजाड र बगरमा परिणत भएसँगै बजारवासी चिन्तित छन् ।

बजारवासीलाई तीन दिनदेखि निद्रा लागेको छैन । कुन बेला बाढी बजारमा पस्छ भन्ने चिन्ता उनीहरूलाई छ । मेलम्ची चनौटे बजार भएर बग्ने गर्दछ । चनौटे बजारमा व्यापार व्यवसाय गर्दै आएका ताराबहादुर पण्डित बजारमा बाढी आएदेखि आफूलाई निद्रा नलागेको बताउँछन् ।

उनी भन्छन्, “साँझ परेपछि खोला उर्लिन थाल्छ । पानीको बहाव बढेसँगै ढुङ्गा ठोकिएको ठल्ठूला आवाज आउने गर्दछ । मन थाम्न गाह्रो हुन्छ ।” बजारमा उनका २० वटा सटर छन् । सबै बालुवा र ढुङ्गाले पुरिएका छन् । सटरमा भएका सामानहरू अब काम नलाग्ने भएको उनको भनाइ छ ।

बाजे-बराजुको पालादेखि नै मेलम्चीमा यस्तो बाढी नआएको उनले बताए । बाढीले बजार क्षेत्रका ५५ घरमध्ये २० घर बगाएको र करिब १० अर्ब रुपियाँभन्दा बढीको क्षति भएको उनको भनाइ छ ।

सोही बजारमा हेलम्बु मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका सन्देश तामाङले ग्राहकको चारवटा मोटरसाइकलसहित पसलका सबै सामान बगाएको बताए । उनी भन्छन्, “असार २ गते साँझ ७ बजेतिर खोलामा ठूलो आवाजसँगै करिब १० मिटरजति उचाइको बाढी आयो । एकछिनमा नै पूरा बजार पानीले भर्यो । मानिसमा रुवाबासी र भागाभाग भयो ।” आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ७ : १७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार