१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

युरोकप फुटबल : स्पेन र पोल्याण्ड बराबरीमा रोकिए



काठमाडौं । १६औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह इ को खेलमा स्पेन र पोल्याण्ड बराबरीमा रोकिएका छन । गएराति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो ।

सेभियामा सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेनले अंक बाड्नु परेको हो । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । उनले जेरार्ड मोरेनोको पासलाई सदुपयोग गरे ।

तर, खेलको ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई १र१ गोलको बराबरीमा फर्काए । उनले कामीलको पासलाई हेडरमार्फत गोलमा परिणत गरेका हुन् ।

त्यस्तै खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा गोल गर्ने अवसर पायो । तर, जेरार्ड मोरेनोले गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।

यससँगै समूह ई को स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ । समूहको तेस्रो स्थानमा रहेको स्पेनले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो ।

पोल्याण्डको भने यो पहिलो अंक हो । पोल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ । पहिलो खेलमा पोल्याण्ड स्लोभाकियासँग २–१ गोल अन्तरले पराजित भएको हो ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : ०७ बजे

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्