७ आश्विन २०८३, बुधबार | September 23, 2026

दलको नेतृत्वमा आएको स्खलन नै देशको चौतर्फी संकटको प्रमुख कारण : डा.बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस, कम्युनिस्ट र समाजवादीलाई रूपान्तरण गर्ने आँट गर्नुपर्ने बताएका छन् । उनले आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट नगर्ने हो भने समयले कसैलाई नपर्खने चेतावनी समेत दिएका छन् ।

आइतबार बिहान ट्विट गर्दै भट्टराईले राजनीति, दल र नेतृत्वमा आएको स्खलन नै देशको चौतर्फी संकटको प्रमुख कारण भएको दाबी समेत गरेका छन् । उनले टाउकाको ओखती नाइटामा लगाएर नहुने डा. भट्टराईको तर्क छ ।

‘भनिन्छ-टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ भट्टराईले ट्विटमा लेख्छन्,- ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु, समाजवादी ‘समाजवादी’नरहन, ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं १ नत्र समयले कसैलाई पर्खन्न है !’

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : २१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई