२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

तातोपानी नाका नजिकैको लिपिङ पुल भत्किने खतरा, यातायात संचालनमा रोक



सिन्धुपाल्चोक । अरनिको राजमार्गस्थित  लिपिङ खोलाले सडक कटान गर्दै पुल भत्काउन थालेपछि तातोपानी नाकाबाट आवतजावत अवरूद्ध भएको छ ।

लिपिङ खोलाले लिपिङ पुल ज‍ोड्ने सडक नै भत्काएको छ । जसका कारण पुलको आधारस्तम्भ कमजोर बनेपछि सिन्धुपाल्चोक प्रशासनले यातायात संचालनमा रोक लगाएको छ ।

नेपाल-चीन जोड्ने मितेरी पुल पुग्नु करिब २०० मिटर अगाडि रहेको लिपिङ खोलाले कटान गरेपछि जोखिम बढेको हो ।

पुल कमजोर बनेपछि यातायात अवरूद्ध हुँदा तातोपानी भन्सारमा रहेका अत्यावश्यक स्वास्थ्य सामाग्री समेत छुटाउन सकिएको छैन ।

जिल्ला प्रशासनले यसबारे विभागीय गृह मन्त्रालय, भौतिक योजना मन्त्रालय, गृह मन्त्रालय र सडक विभागलाई समेत जानकारी गराइसकेको छ ।

पुल संरक्षण हुननसके तातोपानी नाका ठप्प हुने देखिएको छ भने यसक्षेत्रका बासिन्दालाई समेत आवतजावतमा समस्या हुनेछ । तर, अहिलेसम्म पुल संरक्षणको काम भने हुन सकेको छैन ।

यद्यपी, शनिबार मात्रै यसै क्षेत्रका जनप्रतिनिधि एवं सभामुख अग्निप्रसाद सापकोटाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग भेट गरी पुलको संरक्षण र बाढीपहिरोले सडकमा कटान गरेको विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १० : ५७ बजे

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक