५ पुस २०८२, शनिबार | December 20, 2025

तातोपानी नाका नजिकैको लिपिङ पुल भत्किने खतरा, यातायात संचालनमा रोक



सिन्धुपाल्चोक । अरनिको राजमार्गस्थित  लिपिङ खोलाले सडक कटान गर्दै पुल भत्काउन थालेपछि तातोपानी नाकाबाट आवतजावत अवरूद्ध भएको छ ।

लिपिङ खोलाले लिपिङ पुल ज‍ोड्ने सडक नै भत्काएको छ । जसका कारण पुलको आधारस्तम्भ कमजोर बनेपछि सिन्धुपाल्चोक प्रशासनले यातायात संचालनमा रोक लगाएको छ ।

नेपाल-चीन जोड्ने मितेरी पुल पुग्नु करिब २०० मिटर अगाडि रहेको लिपिङ खोलाले कटान गरेपछि जोखिम बढेको हो ।

पुल कमजोर बनेपछि यातायात अवरूद्ध हुँदा तातोपानी भन्सारमा रहेका अत्यावश्यक स्वास्थ्य सामाग्री समेत छुटाउन सकिएको छैन ।

जिल्ला प्रशासनले यसबारे विभागीय गृह मन्त्रालय, भौतिक योजना मन्त्रालय, गृह मन्त्रालय र सडक विभागलाई समेत जानकारी गराइसकेको छ ।

पुल संरक्षण हुननसके तातोपानी नाका ठप्प हुने देखिएको छ भने यसक्षेत्रका बासिन्दालाई समेत आवतजावतमा समस्या हुनेछ । तर, अहिलेसम्म पुल संरक्षणको काम भने हुन सकेको छैन ।

यद्यपी, शनिबार मात्रै यसै क्षेत्रका जनप्रतिनिधि एवं सभामुख अग्निप्रसाद सापकोटाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग भेट गरी पुलको संरक्षण र बाढीपहिरोले सडकमा कटान गरेको विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १० : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको