६ पुस २०८२, आइतबार | December 21, 2025

विपक्षी बेन्च खाली गरेर सांसदहरु सभाबाट निस्केपछि लुम्बिनी प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित



बुटवल । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका सम्पूर्ण प्रदेश सभा सदस्यहरुले लुम्बिनी प्रदेश सभाको बैठक बहिस्कार गरेपछि आजको बैठक बस्न नसकी स्थगित भएको छ ।

बैठक प्रारम्भ भए लगत्तै प्रदेश सभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र प्रसाद कनौडियाले अल्पमतको सरकारले ल्याएको बजेटका बिषयमा छलपलमा भाग नलिने भन्दै बैठक बहिस्कारको घोषणा गरेपछि ३ः१५ बजे सम्मका लागि बैठक स्थगित भएको थियो । त्यसपछिको बैठक राख्ने प्रयासमा पनि विपक्षी गठबन्धनले बैठकमा भाग नलिने अडान कायम राखेपछि सूचना टाँस गरी असार ९ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले सूचना टाँस गरी बैठक सारिएको जानकारी दिएका थिए ।

लुम्बिनी प्रदेशका विपक्षी गठकन्धनले अध्यादेशबाट बजेट आउन सक्ने सम्भावनालाई तार्दै प्रदेशसभामा बजेट प्रस्तुत गर्न दिएर बजेट माथिको छलफलमा भने अवरोध गरेका छन् । विपक्षी गठबन्धनको बहुमत भएको दाबी गरिरहेका दलहरुले प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउन भने बाटो खोलिदिएका थिए । नीति तथा कार्यक्रम बहमतले पास भएपनि बजेटमा भने विपक्षीको अवरोध शुरु भएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ५ : २३ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको