१६ बैशाख २०८१, आइतबार | April 28, 2024

नेपाल टेलिकमले सुरु गर्यो एनटी टिभी ब्राण्डमा आईपी टिभी सेवाको सुरुवात



काठमाडौ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले असार ६ गतेदेखि एफटीटीएच Fiber To The Home-FTTH मार्फत आईपी टिभी  सेवा सञ्चालनमा ल्याएको छ ।

NTTV (एनटी टिभी) ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए ।

टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् त्चष्उभि एबिथ (ट्रिपल प्ले) को अवधारणा कार्यान्वयनमा आउने भएको हो ।

हाल वितरित ल्त्त्ख् (एनटी टिभी) सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरु उपलब्ध रहेका छन् । यसका साथै नेपालमा उपलब्ध र हेरिने प्राय सबै विदेशी टेलिभिजन च्यानलहरु ग्राहकहरुलाई उपलब्ध हुनेछ । हाल कम्पनीले वेसिक र प्रिमियम गरी दुई प्याकेजमा ल्त्त्ख् (एनटी टिभी) सेवा उपलब्ध गराइरहेको छ । वेसिकमा १०२ वटा टेलिभिजन च्यानलहरु र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानलहरु हेर्न सकिन्छ ।

नेपाल टेलिकमले २०७७ पुष १७ गते (१ जनवरी २०२१) मा सर्वप्रथम NTTV (एनटी टिभी) सेवाको वितरण शुरु गरेको थियो । हाल यो सेवा काठमाडौ उपत्यकाबाहेक बनेपा र चितवनमा पनि उपलब्ध छ ।

एनटी टिभी सेवाको प्याकेज तथा दररेट र सेवा उपलब्ध हुने स्थानहरु सम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइट https://ntc.net.np/tariff/ftth-tariff मा उपलब्ध छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ७ : ५२ बजे

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना