६ बैशाख २०८३, आइतबार | April 19, 2026

युरोकप फुटबल : समूह चरणमा इटालीको शतप्रतिशत जित



काठमाडौं । उपाधि दाबेदार इटालीले १६ औं संस्करणको युरोकप फुटबलको समूह चरण अन्तर्गतको खेलमा शतप्रतिशत जित हासिल गरेको छ । रोममा आइतबार भएको खेलमा घरेलु टिम इटालीले वेल्सलाई १-० ले पराजित गर्दै ग्रुप चरणमा शतप्रतिशत जित निकालेको हो ।

खेलको ३९ औं मिनेटमा माटियो पेसीनाले गरेको गोल नै इटालीका लागि प्रयाप्त बन्यो । उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन् । ५३ औं मिनेटमा फेडेरिको बर्नार्डेस्कीले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक पोस्टमा लाग्दै बाहिरिएको थियो ।

त्यसको २ मिनेटपछि वेल्सका इथान अम्पादुले बर्नार्डेस्कीलाई मिडफिल्डमा गरेको ट्याकलमा रेफ्रीले सिधै रातो कार्ड दिएका थिए । अम्पादुले सिधै उनको बुटमा कुल्चिन पुग्दा रेफ्रीले रातो कार्ड दिएका हुन् ।

७५ औं मिनेटमा किएफ मुरले हेडरमार्फत निकालेको सहज पासमा अनमार्क रहेका कप्तान ग्यारेथ बेलको प्रहार बाहिरिएको थियो । इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

समूह ’ए’को अन्तिम खेल समाप्त भएसँगै इटाली ३ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो । पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्विजरल्याण्डलाई ३-० गोल अन्तरले नै हराएको थियो ।

वेल्स र स्विट्जरल्यान्डको समान ४-४ अंक भएपनि गोलअन्तरको आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरे ।

वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो । पहिलो खेलमा स्विजरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गरेको थियो । यसअघि वेल्स र स्विट्जरल्याण्डले खेल १-१ को बराबरीमा सकिएको कारण गोलअन्तरले नै समूहमा स्थानको छिनोफानो भएको हो ।

४ अंक जोडेको स्विट्जरल्याण्ड भने अब अन्य समूहको तेस्रो स्थानको नतिजा प्रतीक्षा गर्नुपर्ने छ । टर्की भने अंकविहिन रहँदै युरोबाट बाहिरिएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ६ : ३५ बजे

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका