काठमाडौं । कर्णाली प्रदेशका ४ जना सांसद् पूनर्वाहालीका विरुद्ध नेकपा (एमाले)ले दायर गरेको पुनरावेदन (भ्याकेट निवेदन) सर्वोच्च प्रशासनले दर्ता गरेको छ ।
पार्टीको निर्देशनविपरीत कर्णाली प्रदेशसभाका ४ जना सांसद्ले ‘फ्लोर क्रस’ गरेको भन्दै एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले पार्टीबाट निस्काशन गरेको थियो ।
सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीको अस्तित्वलाई नै अस्वीकार गर्दै उनीहरुलाई पुनर्वाहाली गरिदिएको थियो । भ्याकेट निवेदनमा एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएकाले केन्द्रीय कमिटीको अधिकार प्रयोग गर्न बाधा नपर्ने जिकीर गरिएको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासबाट भएको अन्तरिम आदेश बदर गर्न माग गर्दै प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट एमालेले हिजो सर्वोच्चमा निवेदन दिएको थियो ।
चार सांसद मध्य प्रकाश ज्वाला बाहेक अन्य ३ जना माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारमा मन्त्री छन् ।
पार्टीको निर्देशन (ह्वीप) विपरीत एमालेका सांसदहरु प्रकाश ज्वाला, अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।



















प्रतिक्रिया