१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

टिप्परको ठक्करबाट धनकुटा कांग्रेस सचिव कृष्ण थापाको मृत्यु



धनकुटा । टिप्परको ठक्करबाट नेपाली काँग्रेस धनकुटाका सचिव कृष्ण थापाको मृत्यु भएको छ। मोरङको विराटचौकमा टिप्परको ठक्करबाट थापा सहित २ जनाको मृत्यु भएको हो । धनकुटाबाट झापा जाने क्रममा आइतबार राति ७ः ४० बजे मोरङको विराटचोकमा थापा सवार मोटरसाइकललाई टिप्परले ठक्कर दिएको थियो ।

जिल्ला प्रहरीका अनुसार अनुसार ठक्करबाट धनकुटा पाख्रिबासका थापा र सुनसरीको इटहरी उपमहानगरपालिका ४ का दीपु शाहको मृत्यु भएको छ । मृतक थापा काँग्रेस धनकुटाका जिल्ला सचिव भएको र शाह बेलबारीस्थित एनएमबी बैंकका कर्मचारी भएको प्रहरीले जनाएको छ । टिप्परले विराटचोक नजिकै थापा सवार को ३६ प ५९७९ नम्बरको मोटरसाइकल र शाह सवार २९ प ९५५० नम्बरको मोटरसाइकललाई एकैपटक ठक्कर दिएको थियो ।

दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । दुर्घटनामा घाइते भएका दुबै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार राति मृत्यु भएको हो ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  २ : ११ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित