११ चैत्र २०८२, बुधबार | March 26, 2026

चोरिएका ११ मूर्तिसहित दुई जना पक्राउ



काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका-९ का ४२ वर्षीय अङ्कित घिमिरे र गोकर्णेश्वर नगरपालिका-८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका-६ का ४६ वर्षीय रूपनायाण शाह रहेका छन् ।

उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको थियो । प्रहरीमा प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई मूर्तिसहित गएराति पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच काठमाडौं महानगरपालिका-६ कपनबाट आज एक किलो अवैध लागूऔषध गाँजा सहित दूई किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध गाँजा सेवन तथा विक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले प्लास्टिकमा पोका पारी राखिएको अवस्थामा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसैबीच आज यहाँको तारकेश्वर नगरपालिका-१ साङ्ला छाप बस्ने धनकुटा नगरपालिका-१ घर भएका ३६ वर्षीय दीपक राई आफ्नै कोठाको बाटो खण्डमा मृत फेला परेका जनाइएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : ५६ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई