२३ बैशाख २०८१, आइतबार | May 5, 2024

डोजर पर्खदा पर्खँदै सुक्यो धानको बीऊ



बुटवल । कतै बाढीले हेर्दाहेर्दै धान रोप्ने खेत बगर बनाई दिएको छ भने कतै बढीले तयार रहेको बिउ र खेत नै कटान गरी किसानको गास खोसिदिएको छ ।

पूर्वी नेपालका धेरै स्थानमा धान रोप्ने खेत बगर बनिरहेकै बेला रुपन्देहीको बुटवल उपमहानगरमा वडा नं १२ र १४ मा बग्ने परम्परागत कुलोमा तिनाउ नदीले गेगर र माटोले पुरिदिएपछि स्थानीय किसान खेत बाँझो रहने चिन्तामा परेका छन् ।

जेठ ३० गते आएको बाढीले बगाएर ल्याउको गेगर माटोले सोरह तपाहा कुलोको मुहानमा गेगरको थुप्रो लगाईदिएपछि त्यस कुलोका उपभोक्ता किसानहरुको खेत बाँझो हुने खतरा देखिएको हो ।

बुटवल उपमहानगर वडा नम्बर १४ का वडाअध्यक्ष तथा ‘सोरह तपाहा’का अध्यक्ष दधि न्यौपाने एक हप्तादेखि कुलोको मुहान खोल्ने प्रयासमा जुटेपनि प्रशासनले समस्या नबुझिदिँदा हैरान परेका छन् । ‘सोरह तपाहाबाट सिचाई सेवा लिने सेवाग्राही किसानहरुको फोन रातदिन आएको छ ।’– उनले भने । यो वर्ष तिनाउमा आएको बाढीले सिचाईको मुल कुलो पुरिदिएका कारण मुहान खोल्न नसक्दा धानको बीऊ गोड्दै गरेका किसानहरु पानीकै कारण रोपाईबाट बन्चित भएको उनले बताए ।

बुटवलको तिनाउ पुलमुनिबाट जितगढी किल्ला हुँदै सोरह तपाहा कुलोमा तिनाउको पानी बग्न गर्दछ । नदी वारी तिनाउको उत्खननका कारण गहिरो भएर पानीको धार बगेपछि नदी पारी गेगर र माटोको थुप्रोले कुलो भरिएको छ ।

जितगढी किनारमा थुपारिएको गिटीढुंगा हटाउन श्रमदानबाट सम्भव नदेखिएको र स्काभेटर लगाउपर्ने अवस्था आएको तर नदीमा स्काइभेटर लगाउन प्रशासनले अनुमति नदिँदा खेत बाँझो हुने समस्या देखिएको अध्यक्ष न्यौपाने बताउँछन् ।

यसका लागि एक हप्तादेखि पहल गर्दा पनि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृतिमा ढिलाई गरेको न्यौपानेले बताए । स्काइभेटर प्रयोगको अनुमति कागज पाउन प्रक्रियागत झन्झट देखिदा ढिलाई भैरहेको उनले बताए । खोला ठेक्कामा दिएर ढुगा गिटी बालुवा निकाल्ने कामसँगै किसानको कुलो सफा गर्ने कुरालाई बुझिदिँदा समस्या आएको उनले बताए । ‘नदी दोहन गर्नेहरुसँग किसानको अहिलेको समस्यालाई दाजेर हेरिदा समस्या भएको आएको हो’, उनले भने, – ‘किसानको कथाबेथा बुझन सकेन । प्राविधिक रिपोर्ट लिएर आएपछि स्वीकृति दिने सहभति भएपनि प्रशासन कार्यालयबाट चासो दिईएन ।’

सोरह तपहाका बडगर मिना पौडेलको पनि रोपाई गर्नै नपाईने हो की भनेर चिन्ता बढेको छ । रोपाई सक्ने बेलासम्म पानीकै कारण शुरु गर्न नसकेको उनी बताउँछिन् । करिब १० कठ्ठा क्षेत्रफलमा धान रोप्ने तयारीमा रहेका उन्ले हिाडमै बीउ सुकेको बताईन् । ‘अघिल्लो वर्ष जेठ मसान्तमा रोपाईं सकिएको थियो , उनले भनिन,  ‘कम्तीमा असार १५ गतेभित्र सक्नुपर्ने हो तर पानी नै छैन कसरी सक्ने ? ठूलो समस्या पर्ने भो ।’

किसानहरु झारा (श्रमदान) गर्न तैयार भएपनि त्यसरी पानी आउने अवस्था नरहेको उनले बताईन । कुलाहरु सबै नदीजन्य पदार्थहरुले भरिँदा पानी बग्न नसक्ने अवस्था आएको र तिनाउ खोलाको बेस लेभल भन्दा कुलोको लेभल धेरै माथि हुदा पानी बग्न छोडेको उनले बताईन । ‘सीडीओको आदेश कुर्दाकुर्दा धानको बीऊ नै सुक्यो’, उनले भनिन् ।

बुटवल उपमहानगरपालिका वडा नं १२ का तुल्सी बस्याल धानको बीऊ सुकेर चिन्तित छन । धान रोप्न तयारीमा रहेका उनि पानीकै कारण धान रोप्न नसकेकापछि उनी समस्यामा परेका हुन । ‘धानको बीऊ काट्दा काट्दै सुक्यो ।’– उनले दुखेसो गरे । करीब १५ कठ्ठामा जमिन जोतेर, पानी राखेर गेजर राखेको भएपनि अहिले फाटेर धुजा परेको उनले बताए । एक हप्ता बढी समय हुँदा पनि किसानको समस्या सम्बोधन गर्न जनप्रतिनिधिहरु ढिलाई गरेको उनको दुखेसो छ ।

कुलाईका लागि डोजर लगाउन सीडीओसँग स्वीकृति माग भएपनि सुनुवाई नभएको उनले दुखेसो गरे । ‘खोलाबाट डोजर चलाएर नदीजन्य सामग्री लगिरहेका छन तर किसानको खेतमा पानी लग्न एउटा डोजर लगाउने आदेश हप्ता दिनसम्म दिदैनन ।’– उनले भने । यो वर्ष धान उत्पादन घट्ने उनको आकलन छ । ‘खेत फेरि जोत्नुपर्ने भयो ।’– उनले भने । यसले किसानको लागत बढाउने भन्दै उनले जोतेको खेतलाई फेरि जोत्नेमात्र नभएर बीउ पनि नपुग्ने पनि हुने देखिएको उनले बताए । यसअघि २०४६/२०४७ सालमा कुलाईको समस्या आएको बस्यालले स्मरण गरे ।

जिल्ला विपद व्यवस्थापन समितिले भैपरि आउने विपदका विषयमा स्थानीयतहबाटै निराकरण गर्ने निर्णय भएका कारण यस्तो कार्यमा जिल्ला प्रशासनाको निर्णय कुर्न नपर्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए । जिल्ला प्रशासनबाट समितिको निर्णय सम्बन्धित पालिकाहरुमा पुगिसकेकाले पालिकाबाट समस्या समाधान हुने उनले बताए ।

विपद् व्यवस्थापनको निर्णय ८ गते् मात्र प्राप्त भएको र एक दुईदिनमा कुलो संचालनमा आउने बुटवल उपमहानगरका प्रमुख शिवराज सुबेदीले बताए । जिल्ला विपद्को निर्णय हुन ढिलाई भएकाले समस्या आएको नगरप्रमुख सुवेदीले बताए ।

करीब ४ हजारभन्दा बढी हेक्टरमा सिचाईं हुदै आएको नहरमा पानी नहुँदा लाखौ किसानहरु समस्यामा परेको वडा नम्बर १२ र १४ का जनप्रतिनिधिहरुले बताएका छन् । बुटवल उपमहानगरपालिका ११ को नहरपुर क्षेत्र, १२ देखि १९ का सबै क्षेत्र, सुद्धोधन र सियारी गाउपालिकामा समेत प्रत्यक्ष रुपमा यसै कुलोबाट सिचाईंको सुविधा लिंदै आएका छन् ।

 

 

 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : ४५ बजे

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन