७ आश्विन २०८३, बुधबार | September 23, 2026

संवैधानिक इजलासमा बहस : देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरी सपथ दिलाउन परमादेश माग



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुरुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीस नेतृत्वको ५सदस्यीय इजलासमा शेरबहादुर देउवासहित १४६ जना रिट निवेदकको तर्फबाट कानूनव्यवसायीहरुले बहस सुरु गरेका छन् ।

देउवाको तर्फबाट बहस सुरु गर्दै अधिवक्ता खम्बहादुर खातीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश हुनुपर्ने माग गरेका छन् । खातीले राष्ट्रपतिले जेठ ७ गते राति प्रकाशित गरेको विज्ञप्तिले संविधानको धारा ७६ को ५ को अपव्याख्या गरेको बताएका छन् ।

राष्ट्रपतिलाई संविधानको गलत व्याख्या गर्ने अधिकार नभएको जिकिर गर्दै उनले उपधारा ५ अनुसार प्रतिनिधिसभाको सदस्यका हैसियतले १४९ जना सांसदहरुको हस्ताक्षरसहित बहुमत पुर्याएका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरी सपथ खुवाउनुपर्ने बताएका छन् । तर, राष्ट्रपतिले उपधारा ५ को व्याख्या गर्ने अधिकार आफुमा रहेको दाबी गर्दै असंवैधानिक कार्य गरेको उनले आरोप लगाए ।

खातीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अनुकुल परिस्थिति नदेखेपछि मालाफाइड इन्टेन्सन (कुत्सित मनाशाय) राखेर प्रतिनिधिसभा विघटन गरेको दावी गरे ।

उपधारा ३ को विश्वास गुमाएका ओलीले उपधारा ५ अनुसार सरकारमा दाबी गर्नै नपाउने उनको तर्क थियो । उनले राष्ट्रपतिले भनेको वैकल्पिक सरकार ओलीसहितको नभइ ओली रहितको भएको जिकिर गरे ।

यसैगरी खातीपछि बहसमा उत्रिएका अधिवक्ता गोविन्द बन्दीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेर संसदमा फ्लोर टेष्ट गर्नुपर्ने तर्क गरेका छन् ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार विश्वासको मत प्राप्त गर्ने आधार देउवाले देखाएको बन्दीले जिकिर गरे । ‘देउवाले १ सय ४९ जनाको हस्ताक्षर बुझाउन पूर्व प्रधानमन्त्रीहरु समेत लाइन लागेर राष्ट्रपतिसमक्ष उभिएका छन्, यो भन्दा ठूलो आधार के चाहियो ?’ बन्दीले प्रश्न गर्दै भने, ‘तर, केपी ओलीलाई नै प्रधानमन्त्री बनाउने राष्ट्रपतिको इच्छा छ भने त बेग्लै कुरा हो ।

अधिवक्ता बन्दी पछि आज वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादव बहस गर्ने छन्। रिट निवेदकहरुले आज चार घण्टा बहस गर्नेछन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १२ : ४२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई