२५ चैत्र २०८२, बुधबार | April 8, 2026

धारा ७६ (५)अनुसार सरकार बनाउन दलमा जानु पर्दैन, यसको निरुपण हुनुपर्छ : वरिष्ठ अधिवक्ता यादव



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुरुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीस नेतृत्वको ५सदस्यीय इजलासमा शेरबहादुर देउवासहित १४६ जना रिट निवेदकको तर्फबाट कानून व्यवसायीहरुले बहस गरिरहेका छन् ।

बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले संविधानको धारा ७५ को उपधारा ५ अनुसार सरकार बनाउँदा दलको समर्थनमा जानुपर्ने या नपर्नेबारे निरुपण हुनुपर्ने बताएका छन् ।

यादवले राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट लिखित जवाफमा ‘राष्ट्रपतिको अधिकारमाथि कसैले हेर्न मिल्दैन भन्ने’ उल्लेख गरिएको विषय गम्भीर भएको बताए ।

यादवले संविधानको नयाँ व्यवस्थाको रुपमा राखिएको धारा ७६ (५) अनुसार सरकार बनाउन दलमा जानुपर्ने या नपर्ने भन्ने विषय निरुपण गर्नुपर्ने बताएका हुन् । यादवले सांसदहरुको स्वतन्त्र समर्थनमा पनि सरकार बनाउने अप्सन बाँकी रहन्छ भन्ने आशयले नै यो उपधारा राखिएको जिकिर गरे । दलको समर्थन प्राप्त गर्न चाहिने धारा ७६ को उपधारा १, २ र ३ को व्यवस्था २०४७ सालको संविधानमा पनि भएको भन्दै यादवले नयाँ संविधानमा उपधारा ५ राखिनुको विशेष अर्थ भएको बताए ।

अर्का वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राष्ट्रपतिले प्रधानमन्त्रीले विश्वास गुमाइसकेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नो मोर भन्नुपर्नेमा नभनेको बताए । संसदमा विश्वास गुमाइसकेको प्रधानमन्त्रीलाई पदमा बस्न दिन हुदैनथ्यो । तर राष्ट्रपतिबाट त्यस्तो नभएको उनले बताए ।

कार्कीले बहुमत पुगेन भने प्रधानमन्त्रीको हैसियत के हुने भन्दै प्रश्न गरे । प्रधानमन्त्रीको काम अवरोध खडा गर्ने मात्र भएको उनले बताए । कार्कीले देउवाले राष्ट्रपतिसमक्ष आवश्यक सांसद संख्यासहित ७६(५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेकाले प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्ने जिकिर गरे ।

 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : १८ बजे

बढ्यो सार्वजनिक यातायात भाडा

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना