१६ बैशाख २०८१, आइतबार | April 28, 2024

शम्भु थापाको प्रश्न : १४९ सांसदले हस्ताक्षरसहित दाबी गरेपछि यतिले भोट हाल्न पाउँदैनन् भन्ने तपाईं को ?



काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले १४९ सांसदले दाबी पेश गरेपछि सरकार बनाउन कसैले रोक्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले १४९ सांसदको दावी पेश गरेपछि राष्ट्रपतिले त्यसलाई रोक्न नसक्ने बताएका हुन् । बहुमत सांसदको हस्ताक्षरलाई नमानेर राष्ट्रपति विद्यादेवी भण्डारीले मतदानको अधिकार खोसेको थापाले बताए ।

हु आर यू भन्दै थापाले प्रश्न गरे, ‘१४९ को दाबा पेस गरेपछि तपाईं को हो एमालेका यतिले मत हाल्न सक्दैनन्, माओवादीका यतिले मत हाल्न सक्दैन भन्ने ?, हाम्रो मतदानको अधिकार खोस्ने ?’ उनले भने।

थापाले जनताको प्रतिनिधिलाई सरकार बनाउन कसैले रोकन नसके जिकिर गरे । उनले विश्वासको मतको आधार फ्लोर टेष्ट भएको तर्क पेश गरे । ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त हुनुपर्दैन ? थापाले भने, ‘विश्वासको मतबाट बाहिर गएपछि उहाँलाई अब ७६ को उपधारा ५ अनुसार दाबी गर्ने अधिकार छैन ।’

थापाले यो मुद्दाको फैसलामा इजलासले सांसदहरूको मतदानको अधिकारको बारेमा बोल्ने आफुले अपेक्षा गरेको बताए । थापाले बहस गरेसँगै आजको सुनुवाइ सकिएको छ । थापाले बहस गर्नुअघि देउवाको पक्षबाट चार जना अधिवक्ताले बहस गरेका थिए । मुद्दामा भोलि पनि निरन्तर सुनुवाइ हुनेछ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ५ : ३३ बजे

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना

जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा

काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना

भरतपुरमा सहिद लखन थापाको सालिक निर्माण

चितवन । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा

लुम्बिनी प्रदेशको तराईमा अत्याधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा