९ बैशाख २०८३, बुधबार | April 22, 2026

शम्भु थापाको प्रश्न : १४९ सांसदले हस्ताक्षरसहित दाबी गरेपछि यतिले भोट हाल्न पाउँदैनन् भन्ने तपाईं को ?



काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले १४९ सांसदले दाबी पेश गरेपछि सरकार बनाउन कसैले रोक्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले १४९ सांसदको दावी पेश गरेपछि राष्ट्रपतिले त्यसलाई रोक्न नसक्ने बताएका हुन् । बहुमत सांसदको हस्ताक्षरलाई नमानेर राष्ट्रपति विद्यादेवी भण्डारीले मतदानको अधिकार खोसेको थापाले बताए ।

हु आर यू भन्दै थापाले प्रश्न गरे, ‘१४९ को दाबा पेस गरेपछि तपाईं को हो एमालेका यतिले मत हाल्न सक्दैनन्, माओवादीका यतिले मत हाल्न सक्दैन भन्ने ?, हाम्रो मतदानको अधिकार खोस्ने ?’ उनले भने।

थापाले जनताको प्रतिनिधिलाई सरकार बनाउन कसैले रोकन नसके जिकिर गरे । उनले विश्वासको मतको आधार फ्लोर टेष्ट भएको तर्क पेश गरे । ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त हुनुपर्दैन ? थापाले भने, ‘विश्वासको मतबाट बाहिर गएपछि उहाँलाई अब ७६ को उपधारा ५ अनुसार दाबी गर्ने अधिकार छैन ।’

थापाले यो मुद्दाको फैसलामा इजलासले सांसदहरूको मतदानको अधिकारको बारेमा बोल्ने आफुले अपेक्षा गरेको बताए । थापाले बहस गरेसँगै आजको सुनुवाइ सकिएको छ । थापाले बहस गर्नुअघि देउवाको पक्षबाट चार जना अधिवक्ताले बहस गरेका थिए । मुद्दामा भोलि पनि निरन्तर सुनुवाइ हुनेछ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ५ : ३३ बजे

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको

औद्योगिक प्रतिष्ठानलाई श्रम कानुनको अक्षरसः पालना गर्न निर्देशन

काठमाडौं । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको