६ बैशाख २०८३, आइतबार | April 19, 2026

युरोकप फुटबल : पोल्याण्डमाथि रोमाञ्चक जित निकाल्दै स्वीडेन बन्यो समूह विजेता



काठमाडाैं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह ई को अन्तिम खेलमा पोल्याण्डमाथि राेमाञ्चक जित निकाल्दै स्वीडेन नकआउट चरणमा प्रवेश गरेकाे छ ।

घरेलु मैदान सेन्ट पिटर्सवर्गमा बुधबार राति भएकाे खेलमा इन्ज्युरी समयमा ३-२ को जित निकल्दै स्वीडेन समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हाे ।

स्विडेनलाई जित दिलाउन इमिल फोर्सवर्गले दुई गोल गरे । भिक्टर क्लेसनको नाममा एक गोल रह्यो । पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काए पनि हार टार्न सकेनन् । खेलको दोस्रो मिनेटमा नै फोर्सबर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए । एलेक्जेन्डर इसाकलाई पेनाल्टी क्षेत्रबाहिर रोक्ने प्रयासमा पोल्याण्डका डिफेन्डरले फुत्किएको बलमा फोर्सबर्गले गोल गरेका थिए ।

५९ औं मिनेटमा फोर्सबर्गले व्यक्तिगत दोस्रो गर्दै २-० को अग्रता दिलाए । डेजान कुलुसेभ्सकीले मैदानको बीच भागबाट अघि बढाएको बल पेनाल्टी क्षेत्रभित्रबाट दिएकाे पासमा फोर्सबर्गले गोलमा गरेका थिए । त्यसको २ मिनेटपछि लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई खेलमा फर्काए। पेनाल्टी क्षेत्रको बायाँ भागबाट उनले प्रहार गरेकाे गोलरक्षक रोबिन ओल्सनले ठम्याउन सकेनन् । ८४ औं मिनेटमा लेवान्डोस्कीले फ्रान्कोसकीको क्रसमा ६ यार्ड बक्स क्षेत्रभित्र गरेकाे प्रहार गाेलमा परिणत भएकाे थियाे ।

तर, इन्ज्युरी समयको चौथो मिनेटमा क्लेसनले गोल गर्दै स्वीडेनको जित पक्का गरे । कुलुसेभ्सकीले दिएकाे पासमा क्लेसनले गोल गर्दै स्वीडेनलाई ३-२ काे जित दिलाए ।

जितसँगै स्वीडेन ३ खेलमा ७ अंकका साथ समूह विजेता बनेकाे छ । स्पेनले ३ खेलमा ५ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ को यात्रा तय गरेको छ ।

यस समूहमा स्लोभाकिया ३ खेलमा ३ अंक जोड्दै चौथो स्थानमा छ । उसकाे अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ । पोल्याण्ड भने १ अंकसहित पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएकाे छ ।

 

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ६ : २४ बजे

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका