१२ असार २०८३, शुक्रबार | June 27, 2026

युरोकप फुटबल : समूह उपविजेता बन्दै जर्मनी अन्तिम १६ मा प्रवेश



काठमाडाैं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह एफ को अन्तिम खेलमा हंगेरीसँग बराबरी खेल्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा एलिनाज स्टेडियममा बुधबार राति भएको खेलमा दुई पटक पछि परेपनि जर्मनी २-२ काे उत्कृष्ठ कमब्याक गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेकाे हाे ।

खेलको ११ औं मिनेटमा कप्तान एडम स्जालाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । उनले रोनाल्ड सल्लाईको क्रसमा डाइभिङ हेडरमार्फत् गोल गरे । दोस्रो हाफको ६६ औं मिनेटमा जर्मनी खेलमा फर्कियाे । किम्मिखको लामो फ्रिकिकमा गोलरक्षक पिटर गुलाक्सीले गल्ति गर्दा जर्मनीका म्याट हमल्सको हेडरलाई गोल लाइन नजिकैबाट काइ हाभर्ट्जले गोल गर्दै खेल १-१ को स्थितिमा ल्याए ।

तर, त्यसको एक मिनेट नबित्दै हंगेरीले पुन: खेलमा अग्रता लियो । कप्तान स्जालाईको फ्लिकलाई आन्द्रेस सेफरले गोलरक्षक नोएर बल समात्न अघि बढेको अवस्थामा हेडरमार्फत् गोल गर्दै हंगेरीलाई २-१ ले अघि बढाए । ८४ औं मिनेटमा जर्मनीका लिओन गोरेट्जकाले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गरेको प्रहार गोलमा परिणत भएकाे थियाे ।

यस बराबरीसँगै जर्मनी ३ खेलमा ४ अंक जोड्दै दोस्रो भयो । अपराजित फ्रान्स ३ खेलमा ५ अंक जाेड्दै समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

पोर्चुगल भने ३ खेलमा ४ अंकसाथ तेस्रो स्थानमा रहयो । समान अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो भएको हो । पोर्चुगल उत्कृष्ट ४ काे तेस्रो स्थानमा रहँदै नकआउटमा पुगेकाे हाे । ३ खेलमा २ अंक जोडेको हंगेरी भने समूह चरणबाट नै बाहिरिएकाे छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ६ : ३० बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३