२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

कोपा अमेरिका : बराबरीमा रोकिए पेरु र इक्वेडर



काठमाडौं । कोपा अमेरिकाअन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा पेरु र इक्वेडर बराबरीमा रोकिएका छन ।

ब्राजिलको स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न समूह ’बी’ को खेलमा पेरु र इक्वेडरले २-२ गोलको बराबरी खेलेका हुन ।

पहिलाे हाफमै गरेको २ गोलको अग्रता जोगाउन नसक्दा इक्वेडर बराबरीमा रोकिएको हो ।

खेलको २३ औं मिनेटमा पेरुका खेलाडी रेनाटो टापिआको आत्मघाती गोलमा अग्रता बनाएको इक्वेडरले त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा अग्रता दोब्बर बनाएको थियो । इक्वेडरका ऐर्टोन प्रिसिआडोले गोल गर्दै खेल २-० को स्थितिमा पुर्याएको थिए ।

दास्रो हाफको सुरुवातमै पेरुका लागि जिआनलुका लापडुलाले गोल गरे । खेलको ५४ औं मिनेटमा आन्द्रे करिल्लोले गोल थप्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टिमले थप गोल गर्न सकेनन् र खेल २-२ को बराबरीमा रोकियो ।

बराबरीसँगै तीन खेलबाट ४ अंक जोडेको पेरु तेस्रो तथा समान खेलबाट दुई अंक जोडेको इक्वेडर तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ७ : ०६ बजे

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका