२३ भदौ २०८३, मंगलबार | September 8, 2026

असारे विकास : बनाउँदा-बनाउँदै भत्कियो नाला



गौर । जब वर्षा सुरु हुन्छ, विकास निर्माणका योजनाहरूले तीव्रता पाउँछन । अहिले रौतहटमा पनि यस्तै भइरहेको छ । आर्थिक वर्षको अन्तिम महिना असारमा विभिन्न विकासका योजनाहरू सञ्चालनमा छन ।

बौधीमाई नगरपालिका-७ र ८ मा पर्ने बंकुल बजारको मुख्य सडक हिलाम्मे छ । सडकको छेउमा नाला निर्माण गरिएको छ । पानी सडकमै जम्छ । उक्त नाला निर्माणकै चरणमा भत्किएको थियो । केही समयपछि मर्मत गरिएको छ ।

बौधीमाई नगरपालिकाकै प्रमुख र पुरानो बजार बंकुल बजारमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले गुनासो समेत गर्दै आएका छन । स्थानीय सिकेन्द्र यादवले उपभोक्ता समितिमार्फत लिएका काम ठेकेदारलाई जिम्मा दिएका थिए ।

बौधीमाई नगरपालिकाबाट विनियोजित १६ लाख रुपैयाँको लागतमा २ सय ६४ मिटर लम्बाइको पक्की नाला निर्माण गरिएको थियो । चन्द्रपुर नपा–४ स्थित मुख्य चोकबाट देउराली चोकसम्म करिब एक किलोमिटर नाला निर्माण भइरहेको छ । वर्षामा नाला बनाउँदा बजार क्षेत्र हिलाम्मे हुनुका साथै गुणस्तरीय काम नभएको गुनासो छ ।

राजापुर नगरपालिकाको पानीट्यांकीदेखि अकलोवा जाने सडक किनारमा नाला बनेको छ । तर, सडकमा पानी जमेर आवत–जावतमा समस्या छ । जिल्लाको १६ वटा नगरपालिका र दुईवटा गाउँपालिकाको विभिन्न वडाहरूमा दर्जनौं योजनाहरूका काम भइरहेका छन ।

सडक कालोपत्रे, ग्राभेल हाल्ने, माटो पुर्ने, सिँचाइ, पुलपुलेसा, ढल, कल्भर्ट, तटबन्ध र भवन निर्माणका काम हाल भइरहेका छन । विनियोजित बजेट असार मसान्तभित्र खर्च गरिसक्नुपर्ने र उपभोक्ता समिति तथा ठेकेदारले असार मसान्तभित्रै काम सम्पन्न गरी भुक्तानी लिनुपर्ने हुँदा योजनाको गुणस्तरमा भन्दा पनि काम सम्पन्न गर्नेमा बढी ध्यान केन्द्रित हुने गरेको पाइन्छ ।

नगरपालिका तथा अन्य विकासे कार्यालय अगाडि ठेकेदार र उपभोक्ता समितिका पदाधिकारीहरूको भीड पनि देख्न सकिन्छ ।

जनप्रतिनिधिहरू विकासको काम भएको र प्रतिबद्धता पूरा गरेँ भन्ने देखाउन असारमै दौडधुप गरिरहेका छन । पानी परेको बेलामा समेत कालोपत्रे गर्ने काम भइरहेको गुनासो स्थानीयले गर्दै आएका छन ।

न्यूनतम मापदण्डसमेत पूरा नगरी योजनाहरू सम्पन्न हुँदा एक वर्ष पनि नटिकेको र राज्यको लगानी खेर गइरहेको भन्दै धेरैले चिन्ता व्यक्त गर्दै आएका छन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा फणि महतले लेखेका छन ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ७ : १३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार