७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

युरोकप फुटबल : स्लोभाकियाविरुद्ध शानदार जितसहित स्पेन नकआउट चरणमा प्रवेश



काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा स्पेनले शानदार जित हात पारेको छ ।

स्लोभाकियालाई ५-० गोल अन्तरले हराउँदै स्पेनले अन्तिम १६ मा स्थान बनाएको हो ।

स्पेनलाई जित दिलाउन एम्रिक लापोर्ट,पाब्लो सराबिया र फेरान टोरेसले एक एक गोल गरे । स्पेनले दुई गोल आत्मघाती उपहार पाएको थियो ।

खेलमा स्पेन पेनाल्टी गोल गर्नबाट भने चुकेको थियो । स्पेनले स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काको आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ३० औं मिनेटमा मार्टिनले आत्मघाती गोल गरेका हुन् । स्पेनका पाब्लो सराबियाको प्रहार क्रसबारमा लाग्दै फर्किएको बल क्लियर गर्न्ने क्रममा मार्टिनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा एम्रिक लापोर्टले गोल गर्दै स्पेनलाई २-० को अग्रता दिलाए । स्पेनले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको थियो ।

आज राति नै भएको अर्को खेलमा स्वीडेनले जित हात पारेको छ । उसले पोल्याण्डविरुद्ध ३-२ गोल अन्तरको जित हात पारेको हो ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ७ : ३२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल