२० मंसिर २०८२, शनिबार | December 6, 2025

इथियोपियामा सरकारी फौजको हवाई हमलामा ६० जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते



एजेन्सी । इथियोपियाको उत्तरी क्षेत्रमा पर्ने टिग्रेमा सरकारी सुरक्षा फौजले गरेको हवाई हमलामा कम्तीमा ६० जना सर्वसाधारण मारिएका छन् ।

दुई वर्षीय बालकसहित दर्जनौँ मानिसहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । राजधानी मिकाइलीबाट २५ किलोमिटरको दूरीमा रहेको टिग्रोस्थित टोगोगा बजारमा आक्रमण भएको हो । आक्रमणमा ४० भन्दा बढी घाइते भएका छन् ।

आक्रमणस्थलमा फसेका मानिसको उद्धारमा समेत सेनाले रोकतोक गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । इथियोपियाको सेनाले गैरसैनिकहरूलाई निशाना नबनाइ ‘आतङ्कवादी’हरूलाई निष्क्रिय पार्न हमला गरेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले इथियोपियाको सरकारलाई हवाई हमलाको सत्यतथ्य अनुसन्धान गर्न आग्रह गरेको छ । आठ महिनाअघि द्वन्द्व सुरु भएको इथियोपियामा हजारौँ व्यक्तिले ज्यान गुमाएका तथा लाखौँ विस्थापित भएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ८ : ०६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति